ओमान सरकारले दिएको आममाफीको फाइदा लिदैं विदेशी श्रमिक

५ पुस, एजेन्सी ।
ओमान सरकारले दिएको आममाफीको फाइदा त्यहाँ रहेका ४५ हजारभन्दा धेरै विदेशी श्रमिकले लिएका छन् ।

ओमान सरकारले गैरकानुनी रुपमा काम गरिरहेका नेपालीसहित विदेशी श्रमिकलाई आफ्नै खर्चमा स्वदेश फर्कन सक्ने अवसर दिएको थियो । यो समय गएको नोभेम्बर ३० देखि सुरु भएर डिसेम्बर ३१ अर्थात पुस १६ गते सकिनेछ ।

यो अवसरको फाइदा उठाएर स्वदेश फर्कने श्रमिकले त्यहाँ गैरकानुनी रुपमा बसेको भए पनि स्वदेश फर्कंदा कुनै जरिबाना तिर्न पर्दैन । कुवेतको श्रम मन्त्रालयका अनुसार यो अवसरको सदुपयोग गर्दै अहिलेसम्म ३ हजार ८७५ जना स्वदेश फर्किसकेका छन् ।

Advertisement

यसरी निवेदन दिनेमा धेरैजसो ओमानको निर्माणको क्षेत्रमा कार्यरत श्रमिक रहेका छन् । यस्तै ओमान सरकारले त्यहाँको रोजगारदातालाई पनि आफ्नो विदेशी श्रमिकको गैरकानुनी अवस्थालाई वैधानिक बनाउन समय दिएको छ ।

यही डिसेम्बर ६ देखि जनवरी ६ सम्म गरी आफ्ना श्रमिकको कानुनी अवस्था सच्चाउनका लागि रोजगारदातालाई एक महिनाको समय दिइएको हो । अलेखबद्ध भएर काम गरेको भए पनि ओमानले दिएको यो अवसरमा फर्कंदा कुनै पनि श्रम सम्बन्धी जरिवाना तिर्न नपर्ने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

Advertisement

यो अवसरको सदुवपयोग गर्दै कोही पनि नेपाल फर्कन चाहन्छन् भने वा पासपोर्टको म्याद सकिएको छ र ट्राभल डकुमेन्ट बनाउन परेमा दूतावासमा सम्पर्क गर्न सकिन्छ ।

ओमान सरकारले दिएको आममाफीबारे थप जान्न परेमा पनि सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । दूतावासमा श्रम सहचारी दिनेश ढकाललाई ७१५९२५०६ नम्बर सम्पर्क गर्न सकिन्छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top