×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026

राष्ट्रपतिले गरिमा र मर्यादा कायम गर्न सक्नुभएन, सर्वोच्चको ध्यान पुगोस्ः पूर्वराष्ट्रपति

६ पौष, काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभाको विघटन संवैधानिक, राजनीतिक र नैतिक रुपले गलत रहेको बताएका छन् । मुलुकमा भइरहेको राजनीतिक र संवैधानिक घटनाले आफू दुःखी र मर्माहत बनेको उनले सुनाए ।

त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सोमबार सम्बोधन गर्दै उनले भने, ‘मलाई हिजोको घटनाले मर्माहत र दुःखी बनाएको छ, प्रधानन्त्री र राष्ट्रपतिले चालेको स्टेप संवैधानिक, राजनीतिक र नैतिक रुपमा मिलेको छैन ।’ आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको अनुमोदनलाई पूर्वराष्ट्रपति यादवले संविधानविपरीत चालिएको स्टेप भएको बताए ।

Advertisement
Advertisement

संविधानको मर्म भावनाविपरीत गरिएको कार्यले देशवासीले राष्ट्रपति संस्थामाथि नै प्रश्न उठाएको उनले जनाए । ‘एउटा होइन, दुई वटा संविधानबाट जनताले धेरै खुन पसिना बगाएर संविधान, धर्मनिरपेक्षता, संघीयता आएको हो,’ उनले भने, ‘यो संविधान र जनताको सर्वोच्च निकाय संसद्बाट समस्याहरुको छिनोफानो गर्दै अघि बढनुपर्ने अहिलेको आवश्यकता हो ।’ ७७ वर्षको बलिदान र संघर्षको उपलब्धि गुम्न लागेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले संवैधानिक बाटोबाट अघि बढ्न पनि सुझाव दिए ।

उनले संविधानमा नै नभएको स्टेप चाल्दा राष्ट्रपति जस्तो संस्थाले जनतालाई अभिभावकत्व दिन नसकेको गुनासो गरे । ‘प्रधानमन्त्री, राष्ट्रपति जस्तो संस्थामाथि म कहिल्यै बोल्न गरेको छैन, हिजोको घटनाले मर्माहत भएको छु, अब बोल्छु,’ उनले थपें, ‘राष्ट्रपतिले गरिमा र मर्यादा कायम गर्न सक्नुभएन ।’ राष्ट्रपतिको पदमा बस्ने व्यक्ति उत्तरदायित्व पूरा गर्न चुकेको उनले औंल्याए । असंवैधानिक संसद् भंगले लोकतन्त्रिक गणतन्त्रको बाटोलाई समेत आघात पुगेको उनले बताए । ‘अहिलेका सम्माननीय राष्ट्रपति र प्रधानन्त्रीले हस्ताक्षर गरेर दिएको संविधान मैले जनताका लागि अर्पण गरेको हुँ,’ उनले भने, ‘अहिले राष्ट्रपतिको संस्थालाई चोट पुगेको छ ।’

जनताको सर्वोच्च निकाय संसद् भंग हुँदा आफूजस्तै ३ करोड जनता मर्माहत भएको उनले जनाए । पूर्वराष्ट्रपति यादवले सम्बोधनको अन्त्यमा भने, ‘आशा र विश्वास गर्छु । यसमा सम्मानित सर्वोच्च अदालतको ध्यान पुगोस, पुग्नै पर्छ । मेरो विनम्र अनुरोध पनि गर्छु ।’ दीक्षान्त समारोहमा लिखित मन्तव्य दिएका उनले सम्बोधनको अन्त्यमा प्रतिनिधिसभाको असंवैधानिक विघटनको विषयमा प्रंसग निकाल्दै बोलेका थिए ।

Advertisement
Advertisement

सभामा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री ओली भने उपस्थिति थिएनन् । सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतबार नै राजीनामा दिएका थिए । उनीहरुको अनुपस्थितिमा उपकुलपति धर्मकान्त बाँस्कोटाको अध्यक्षतामा समारोह भएको थियो । नेकपा निकट विद्यार्थी संगठनले नै प्रर्दशन र विरोध गर्ने भएपछि कुलपति ओली समारोहमा सहभागी नभएको प्राध्यापकहरुले बताए । उनले भर्चुअल सम्बोधन गरेका थिए । समारोहमा ५६ हजार ७ सय १३ विद्यार्थी दीक्षित भएका छन् । कान्तिपुर दैनिक

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top