काराबाओ कपः म्यान्चेस्टर सिटी र ब्रेन्टफोर्ड विजयी

काराबाओ कपः म्यान्चेस्टर सिटी र ब्रेन्टफोर्ड विजयी

८ पौष, एजेन्सी । काराबाओ कपमा म्यान्चेस्टर सिटी र ब्रेन्टफोर्ड विजयी भएको छ ।

गएराति भएको खेलमा ब्रेन्टफोर्डले न्यू क्यासल र म्यानचेस्टर सिटीले आर्सेनललाई पराजित गरेको हो । ब्रेन्टफोर्डले न्यू क्यासललाई १– ० गोलले पराजित गरेको हो । ब्रेन्टफोर्डलाई जिताउन खेलको ६६ औँ मिनेटमा डासिल्भाले एक गोल गरेका थिए ।

यस्तै म्यान्चेस्टर सिटीले आर्सनललाई ४–१ गोलले पराजित गरेको छ । लिगमा लिभरपुल ३१ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै लिसेस्टर २७ अंकसहित दोस्रो, म्यान्चेस्टर २६ अंकसहित तेस्रो र एभर्टन २६ अंकसहित चौथो स्थानमा रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.