स्पेनिस लिगः रियल मड्रिडद्वारा शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी

८ पुस ७७, बिहीबार

९ पौष, एजेन्सी । स्पेनिस लिग फुटबल प्रतियोगितामा रियाल मड्रिडले शिर्ष स्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ ।

Advertisement

लिगमा १५ खेलबाट रियाल मड्रिडले ३२ अंक जोडेको छ । दुई खेल कम खेलेको एथ्लेटिको मड्रिडको पनि समान ३२ अंक नैं छ ।

गएराति भएको खेलमा रियाल मड्रिडले ग्रानाडालाई २–० ले हरायो । खेलमा रियालका लागि ब्राजिलियन खेलाडी कासेमिरो र फ्रेन्च खेलाडी करिम बेन्जमाले एक एक गोल गरे ।

Advertisement

स्पेनिस लिगकै अन्य खेलहरुमा डेपोर्टीभो आलाभेजले आइबारलाई २–१ ले हराउँदा रियाल बेटिसले काडिजमाथि १–० को जित निकालेको छ ।

गेटाफे र सेल्टा भिगोले १–१ गोलको बराबरी खेलेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top