×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गृहमन्त्री थापा अन्ततः प्रधानमन्त्री ओलीकै पक्षमा

९ पुस, बीबीसी ।
गृहमन्त्री रामबहादुर थापाले आफ्ना निकटवर्तीलाई आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने निर्णयमा पुगेको जानकारी दिएको बताइएको छ।

उनीनिकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन। तपाईँको प्रगति होस्।

Advertisement
Advertisement

खरेलले बुधवार राति गृहमन्त्री थापाको सचिवालयबाट उनी प्रधानमन्त्री पक्षमा लागेको जानकारी आफूलाई दिइएपछि त्यस्तो लेखेको बीबीसी नेपालीलाई बताए।

प्रचण्ड पक्षमा लागेका उनले भने, अहिलेसम्म दिएको साथको निम्ति हामीलाई धन्यवाद दिँदै बादलजी प्रधानमन्त्रीलाई साथ दिने निर्णयमा पुगेको जानकारी उहाँको सचिवालयबाट गराइएको छ।

सहकर्मी कता ?
गृहमन्त्री थापानिकट अर्का नेता लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले आफूले पनि त्यस्तै हल्ला सुनेको बीबीसी नेपालीलाई बताए।

थापाको सचिवलयले त्यसको पुष्टि गरेको छैन। तर सचिवालयका एकजना सदस्यले नाम नखुलाउने शर्तमा परिस्थिति त्यस्तै बनेको र केहीबेरमा अन्तिम निर्णय लिइने बीबीसीलाई जानकारी दिए।

उनी निकट केसीले भने आफू आज प्रचण्ड नेतृत्वकै बैठकमा सहभागी हुने बताए। केसीले भने, पार्टी एक नहुँदै फुटेकाले साथीहरूका आआफ्नै विरासत छन्, त्यसैले स्वाभाविक रूपमा म पनि त्यसकै पक्षमा छु। म आज प्रचण्ड नेतृत्वको बैठकमा जान्छु।

Advertisement

थापानिकट नेताहरू स्थायी कमिटी सदस्यहरू देवप्रसाद गुरुङ र पम्फा भुसाल यसअघि नै प्रचण्ड पक्षमा लागिसकेका छन्। तर अर्का नेता उपाध्यक्ष वामदेव गौतम कतै लागेका छैनन्। उनीनिकट धेरै नेता भने ओली पक्षमा लागेको बताइएको छ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top