आज पनि बबरमहल र बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्दै

९ पुस, काठमाडौं ।
सत्तारुढ नेकपा विभाजनउन्मुख भईरहँदा दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ।

Advertisement

प्रचण्ड–माधव नेपाल पक्षको बैठक अहिले साढे ११ बजे बबरमहलस्थित एक ब्याङ्क्वेटमा बस्दैछ । बैठकले संसद विघटनविरुद्ध विरोधका कार्यक्रम घोषणा गर्ने नेतृ पम्फा भुषालले जानकारी दिइन्।

यसअघि मंगलबार बसेको बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउँदै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो। मंगलवारकै बैठकमा तोकिएका ९ वटा एजेण्डा मध्ये बाँकी रहेका एजेण्डामा आज छलफल गरि निस्कर्षमा पुगिने नेतृ भुसालको भनाइ छ।

Advertisement

बहुमत केन्द्रीय सदस्य आफूतिर रहेको दाबी गर्दै आएको प्रचण्ड–नेपाल समूहले संसद पुनस्थापपनाका लागि सडक आन्दोलनमा समेत उत्रने बताउँदै आएका छन्। पार्टीको संगठनात्मक कार्ययोजनाका विषयमा पनि केन्द्रीय समिति बैठकमा छलफल हुनेछ।

हिजो संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई दलको नेताबाट समेत हटाउँदै प्रचण्डलाई नै दलको नेता बनाउने निर्णय गरेको थियो। संसदीय दलको नेता चयन भएपछि प्रचण्डले संसद पुनस्र्थापना गरी नयाँ सरकार बनाउने आफूले पहल थाल्ने बताएका थिए।

Advertisement

यस्तै ओली समूहको केन्द्रीय कमिटी पनि आजै बस्दै छ। ओली पक्षको बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने छ। प्रधानमन्त्री निवास बालुवाटारमा म‌ंगलबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोकेको छ।

७८ मंसिरमा महाधिवेशन गर्ने ओली पक्षको तयारी छ। त्यस्तै केन्द्रीय कमिटी विस्तार गरेको छ। केन्द्रीय कमिटीलाई १ हजार १ सय ९९ सय सदस्यीय बनाइएको छ।

४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ सदस्य थपिएको हो। थपिएका केन्द्रीय सदस्य र पुरानालाई बालुवाटर बोलाइएको ओली पक्षका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

दुवै पक्षले आफूनै मुल पार्टी भन्दै दाबी गर्दै आएका छन्। चुनाव चिन्हका लागि दुवै पक्षले निर्वाचन आयोगमा निवेदन दिएका छन्। आयोगले छिट्टै चुनाव चिन्हको विवाद टुंग्याउने जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top