आन्दोलनको रणनीति बनाउन जुट्यो जसपा

९ पौष, काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले संसद विघटनको विरुद्धमा घोषणा गरेको आन्दोलनको तयारी सुरु गरेको छ ।

Advertisement

जनता समाजवादी पार्टी, नेपाल केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले संसद विघटनको विरोधमा आन्दोलनका कार्यक्रम तय गरेको थियो ।

सोही आन्दोलनका कार्यक्रमलाई सफल बनाउन रणनीति तयार गर्न बिहीबार बैठक बसेको जसपाका नेता केशव झाले बताए । बैठकमा आन्दोलनको तयारी सम्बन्धमा छलफल भएको नेता झाले बताए ।

Advertisement

जसपाले यस अघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट पुस १० गते प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने, पुस ११ गते मशाल जुलुस निकाल्ने र पुस १२ गते बृहत प्रदर्शन गर्ने कार्यक्रम तय गरिसकेको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै जसपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top