×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

बल्खुमा तीन नेता, एकताको सन्देश

९ पुष, काठमाडौं । प्रचण्ड–नेपाल समूहका तीन नेता बल्खु स्थित पार्टी कार्यालय पुगेर कम्युनिष्ट एकताको सन्देश दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, अर्का अध्यक्ष माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल केन्द्रीय समिति बैठक सकिए लगत्तै बल्खु पुगी मदन भण्डारीको शालिकमा माल्यार्पण गरी कम्युनिष्ट एकताप्रति प्रतिवद्धता जनाएका हुन् । केन्द्रीय समिति बैठकबाट वर्तमान अवस्थामा कम्युनिष्ट एकताको ऐतिहासिक आवश्यता रहेको ठहर गरेका नेताहरु सच्चा कम्युनिष्टहरुको एकता आवश्यक छ भन्ने सन्देश दिन बल्खु पुगेको प्रतिक्रिया दिएका छन् । उनीहरुले आफुहरुनै वास्तविक नेकपा भएको भन्दै सबै कमिकमजोरी सच्याएर एकतावद्ध हुन सबैलाई आव्हान समेत गरे । अध्यक्ष दाहालले लोकतन्त्र र गणतन्त्र विरुद्धको षडयन्त्रको रुपमा असंवैधानिक तरिकाले संसद विघटन गरिएकोले त्यस विरुद्ध कम्युनिष्ट एकता आवश्यक रहेको प्रतिक्रिया दिए । उनले अहिले सम्म कम्युनिष्टहरुले प्राप्त गरेका उपलब्धिका विरुद्धको षडयन्त्रको रुपमा संसद विघटन लाई लिईएको भन्दै त्यसलाई सफल हुन नदिने संकल्प गरे । उनले भने“आज मात्रै हामीले हाम्रो पार्टीको केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्यौं । बैठक सफलतापूर्वक सम्पन्न गरेको र फेरीपनि कम्युनिष्टहरुको एकताको ऐतिहासिक आवश्यकता बारेपनि हामीले प्रस्ताव पारित गरेको सन्दर्भमा बल्खु स्थित पहिलाको पार्टी कार्यालयमा कमरेड मदन भण्डारीको शालिकमा माल्यार्पण गर्ने र देशभरी फेरीपनि सच्चा कम्युनिष्टहरुको एकता आवश्यक छ भन्ने सन्देश दिने उद्देश्यले हो । हामीले केन्द्रीय कमिटीको दोस्रो बैठक जो पोहोर साल भएको थियो त्यस बैठकको अध्यक्षता मैले गरेको थिएँ । त्यो बैठकबाट यो ठाउँमा राम्रो आधुनिक र सबैखाले कम्युनिष्टहरुको भाव झल्कने खालको राम्रो कार्यालय भवन बनाउने निर्णय गरिएको थियो । त्यो निर्णयलाई स्मरण गर्नको लागि पनि तेस्रो केन्द्रीय समितिको बैठक पछि हामी आएका छौं । अब कमरेड माधव नेपाल जो लामो समय सम्म यही ठाउँको पार्टी कार्यालयमा महासचिवको हैसियतले एमालेमा नेतृत्व गर्नुभयो अहिलेको बैठकले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको सन्दर्भ पनि यो सँग जोडिएको छ । हामीले दिने सन्देश भनेको के हो भने संसद अप्राकृतिक र असंवैधानिक तरिकाले विघटन गरियो । यो लोकतन्त्रका विरुद्ध, गणतन्त्रका विरुद्ध र अहिलेसम्म कम्युनिष्टहरुले प्राप्त गरेका उपलब्धीको विरुद्ध षडयन्त्रको रुपमा छ । यसलाई हामी सफल हुन दिन्नौं भन्ने कुरापनि हामीले पारित गरेका छौं । र यसलाई हामी सफल हुन दिन्नौ भन्ने देखाउन संकल्प दोहोर्याउन चाहेको हो ।”

Advertisement
Advertisement

प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले नेपाली जनतालाई प्रतिनिधिसभाको विघटन विरुद्धमा एकजुट हुन आग्रह गरे । प्रधानमन्त्री ओलीबाट राजाको निरंकुश कदम चालको भन्दै त्यसको भत्र्सना गरे । उनले भने‘अहिले सिङ्गो राष्ट्र नै अनिश्चितताको भूमरीमा परेको छ । त्याग, तपस्या र बलिदानबाट ल्याएको संविधान,जनप्रतिनिधिहरुबाट निर्वाचित संविधानसभाबाट निर्मित नेपालको संविधानलाई कुल्चिने काम भएको छ । त्यसको प्रावधानका विपरित, भावनाका विपरित, मर्मका विपरित प्रतिनधिसभालाई विघटन गर्ने अत्यन्तै गलत कदम प्रधानमन्त्री केपी शर्मा ओलीबाट चालिएको छ । हामी त्यसलाई स्वीकार गर्ने पक्षमा छैनौं । प्रतिनिधि सभालाई कुनैपनि तानाशाही तरिकाबाट विघटित गर्न पाइदैन । यो ठिक राजाको निरंकुश कदम जस्तै अर्को प्रतिगामी कदम हो । यसको हामी घोर भत्र्सना गर्दछौं ।’

Advertisement

उनले जग्गा खरिद, भवन निर्माण, केन्द्रीय कार्यालय बनाउने सवालमा आफ्नो भावना जोडिएको भन्दै नेकपाको मुल धार र मुल शक्ति आफूहरु नै भएको भन्दै गल्ति सच्याएर सबैलाई मुलधारमा जोडिन आव्हान गरे । त्यसैगरी वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली सच्चा कम्युनिष्ट नै नभएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीले पार्टीको विधि र विधान नमानेको र आन्तरिक मतभेदका नाममा संसद विघटन गरेर अपराध गरेको टिप्पणी गरे । उनले भने “मनभित्रन्नता पार्टी भित्र जहिले पनि हुन्छ । मतभिन्नता हुनु सामान्य कुरा हो । मतभिन्नतालाई नीति र विधि अनुरुप सञ्चालन गर्नुपर्छ र समस्याको समाधान गर्नुपर्छ । तर कमरेड केपी ओली वास्तवमा कम्युनिष्ट नै भईसक्नुभएको रहेनछ । उहाँले पार्टीका विधि नै मान्नुभएन । पालना गर्नुभएन । अनुशासन पनि मान्नुभएन । अनि पार्टी भित्रका मतभेदको नाउँमा संसदको विघटन गर्नुभयो । यो अत्यन्तै ठूलो अपराधको कुरा हो । संविधान विरोधी अपराध हो । लोकतन्त्र विरोधी अपराध हो । यो जनादेशको विरुद्धमा छ । जनताको भावना विरुद्ध छ । राष्टहित विरुद्ध छ । वास्तविक नेकपा यही हो । आधिकारीक यही हो ।हामी यसलाई नया ढंगले एकतावद्ध गर्ने र पुर्नगठन गर्ने हो ।”

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top