×

NEPAL TIMES UPDATES

Playing
विपक्षीले गरे जवरजस्तीको संसद् अवरोध, नियमावलीमा छैन् व्यवस्था|| Nepal Times
May 13, 2026
Playing
संसद्मा पुग्यो न्यायालयको विषय || Nepal Times
May 13, 2026
Playing
ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा आसिफ र दीपेन्द्रको प्रवेश|| Nepal Times
May 13, 2026
Playing
ट्रम्प ८ वर्षपछि चीनमा उत्रिदा जे देखियो, छोराबुहारीसहित १७ ब्यापारी|| Nepal Times
May 13, 2026
Playing
आफ्नै कारण संसद्मा हंगामा हुँदा प्रधानमन्त्री बालेन कहाँ थिए ?|| Nepal Times
May 13, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-30-2083 || Nepal Times
May 13, 2026
Playing
इरानका धेरै मिसाइल लन्च साइट सुरक्षित, अमेरिकी १३ हजार अट्याक फेल || Nepal Times
May 13, 2026
Playing
सेनासँग किन टक्कर लिदैछन् बादल ? || Nepal Times
May 13, 2026
Playing
Americaले ४ लक्ष्मणरेखा नाघ्न नहुने, ट्रम्प–सी भेट अघि जी२को चर्चा || Nepal Times
May 13, 2026
Playing
रास्वपाले जेठ १० गतेसम्म विधान लेख्ने, महाधिवेशनमा २५ सय सहभागी हुने || Nepal Times
May 13, 2026

नेकपा फुटले प्रदेश १ को सरकारमा धक्का

 ११ पुस, विराटनगर ।
केन्द्रमा नेकपा फुटको असर प्रदेश १ मा पनि परेको छ । मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका छन् । कानुनतः नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस संयोजक ध्रुब सुवेदीले जानकारी दिए ।

मन्त्रीबाट हटे सँगै आङबोले भने सामाजिक संजालबाट प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा २ बर्ष १० महिना काम गर्ने अवसर दिनु भएकोमा मा.मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद व्यक्त गर्दछु भन्ने प्रतिक्रिया दिएका छन् । मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएका थिए । राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ ।

Advertisement
Advertisement

मन्त्री आङ्बो पूर्वमाओवादी नेता पनि हुन् । उनी अहिले प्रचण्ड–माधव नेपाल समूहमा छन् । मुख्यमन्त्री राई केपी ओली समूहका हुन् । केन्द्रमा नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको अवस्थामा त्यसको प्रत्यक्ष असर प्रदेशमा समेत देखा परेको हो । अब प्रदेश सभा सदस्यहरु पनि ओली र प्रचण्ड–माधव समूहमा विभाजित भइ सरकार ढाल्ने र बनाउने खेलमा लाग्नेछन् । यसैक्रममा ओली समूहका मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको बुझिएको छ ।

९३ सदस्यीय प्रदेश १ सभामा नेकपाका ६७ सांसद छन् । जसमा मुख्यमन्त्री राईलाई पूर्व एमालेतर्फका २६ सांसदले भोट दिएर तत्कालीन एमालेको संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बनाएका थिए । प्रदेश सभाका ९३ सांसदमध्ये नेकपाका ६८ सांसद छन्। जसमध्ये पूर्वएमालेका ५२ र पूर्वमाओवादीका १६ जना छन्। प्रदेश १ सभाको प्रमुख प्रतिपक्षी दल कांग्रेससँग भने २१ सिट रहेको छ । नेकपा विभाजनपछि प्रदेश १ मा कांग्रेस निर्णायक हुने हुदा सरकार ढल्ने र बन्ने भूमिकामा कांग्रेसको समर्थनले असर गर्ने देखिन्छ ।

यता प्रदेश १ मा प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भने कांग्रेस पर्ख र हेरको स्थितीमा रहेको बताएका छन । अहिले कांग्रेसले नेकपाको राजनितिलाई नजिकबाट नियालिरहेको बताउदै कार्कीले कांग्रेसले केन्द्रको निर्देशन अनुसार नै हठातमा नभई समय लिएर विवेकपूर्ण निर्णय लिने बताएका छन् ।

Advertisement
Advertisement

आफ्नो नेतृत्वको सरकार बचाउन अब मुख्यमन्त्री राईले नेपाली कांग्रेस र साना दलहरुलाई गुहाउर्ने हुन् वा के विकल्प रोज्ने हुन् त्यो भने हेर्न बाँकी छ । यसअघि शुक्रबार बागमती प्रदेशमा प्रचण्ड–माधव समूहका नेताहरुले मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । बाग्मती प्रदेशपछि केन्द्रको विवाद असर प्रदेश १ मा देखिएको छ। यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले भने केन्द्रमा जे जस्तो भएपनि प्रदेशमा मिलेर जानुपर्ने धारणा राखेका थिए ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top