×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बहुपति प्रथाबाट आजित युवती गाउँ फर्कन मानेनन्, केटालाई विवाह गर्न कठिन

१२ पुष २०७७

हुम्ला जिल्लाको हिमालपारिको गाउँ लिमीमा केटालाई विवाह गर्न कठिन हुन थालेको छ । जिल्लाबाट बाहिर विशेषगरी काठमाडौँ र भारतमा यहाँबाट अध्ययन गर्न गएका युवती गाउँ फर्कन इच्छुक नभएपछि केटालाई विवाह गर्न समस्या पर्न थालेको हो । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका हल्जी गाउँका स्थानीय सोन्दोर्जी तामाङले लिमीमा केटालाई विवाह गर्न समस्या हुन थालेको बताए ।

उनले सानैमा जिल्लाबाहिर जाने तथा गुम्बामा ‘टोपेनी’ हुन जाने युवतीले गाउँमा आउन नमानेपछि केटालाई विवाहको समस्या हुन थालेको उल्लेख गरे । पहिले गाउँमा बहुपति प्रथाका कारण केटी अविवाहित बस्नुपर्ने अवस्था थियो । अहिले भने जिल्लाबाहिर गएका युवती गाउँ फर्कन नमानेका कारण युवालाई विवाहको समस्या पर्न थालेको स्थानीयवासीको भनाइ छ ।

Advertisement
Advertisement

लिमीमा प्रचलित ‘बहुपति र नेलु प्रथा’बाट आजित भएका युवतीहरू बुझेर नै यी प्रथाप्रति वितृष्णा व्यक्त गर्न थालेको स्थानीय राङ्डोल तामाङले बताए । यही समस्याबाट मुक्ति पाउन लिमी गाउँबाट अध्ययन गर्न गएका युवती गाउँ फर्कन नमान्ने उनले जानकारी दिए । गाउँमा आए बहुपति प्रथा स्वीकार गर्नुपर्ने, यो नस्वीकारे नेलु स्वीकार गरेर बस्नुपर्ने अवस्था छ ।

Advertisement

दुवै प्रथा विकृति हुन् भन्ने बुझेका युवतीहरू गाउँमा आए समस्या हुने भएपछि गाउँ आउनै नमान्ने बिना तामाङले बताइन् । युवती गाउँमा नआएपछि केटालाई विवाह गर्न समस्या भइरहेको वडाध्यक्ष पाल्जोर तामाङले बताए । लिमीका १४७ घरधुरीमा एक हजार दुई सय जनसङ्ख्या रहेको छ ।,आजको गोरखापत्र दैनिकमा समाचार छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top