NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने बिहिबार कार्तिक २० , २०८२
जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद् बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द बिहिबार कार्तिक २० , २०८२
रवि र छविको आज पेसी बिहिबार कार्तिक २० , २०८२
Next
Prev

समाचार

ओली सरकारको निशानामा अब प्रदेश प्रमुख ? (भिडियो सहित)

आइतवार पुस १२ , २०७७
Reading Time: 1 min read
A A
ओली सरकारको निशानामा अब प्रदेश प्रमुख ? (भिडियो सहित)
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ पुष, काठमाडौं । नेपालको राजनीतिले हरेक प्रहर अब के हुन्छ ? भन्ने तीव्र जिज्ञाशा र कौतुहलता निम्ताईरहेको छ ।

नेकपा फुटको असर प्रदेशमा सरेसँगै प्रदेश सरकारमा हलचल मच्चिन थालेको त छ नै अब प्रदेश प्रमुखहरुको पद समेत धरापमा परेको आकलन गरिएको छ । नेकपा एक भएको अवस्थामा केपी ओली प्रधानमन्त्री भएपछि राष्ट्रपतिद्धारा नियुक्त भएका प्रदेश प्रमुखहरुलाई, ओली र प्रचण्ड–माधव नेपाल समूहमा नेकपा विभाजित भएपछिको अहिलेको अवस्थामा पदमुक्त गर्ने सम्भावना बढेर गएको हो । किनभने तत्कालन प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नियुक्त भएका नेपालका प्रथम प्रदेश प्रमुखहरुलाई, प्रधानमन्त्रीको रुपमा ओली आएपछि पदमुक्त गरी नयाँ व्यक्तिहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो । संवैधानिक व्यवस्थालाई हेर्दा प्रदेश प्रमुखहरु प्रदेशमा सरकारका प्रतिनिधिहरु हुन् । उनीहरुको कार्यकाल ५ वर्षको रहने भएता पनि राष्ट्रपतिले जुनसुकै बेला पदमुक्त गर्न सक्ने संविधानको धारा १६५ मा प्रावधान छ । संविधानको यो व्यवस्थालाई हेर्दाखेरि राष्ट्रपतिले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नु वा नयाँ प्रदेश प्रमुखहरुको नियुक्ति गर्नु असंवैधानिक कार्य होइन । हुन त प्रदेश प्रमुखमा पार्टीका कार्यकर्तालाई भर्ती गर्न हुँदैन भन्ने संविधानमा लेखेको छैन । तर, तत्कालिन प्रधानमन्त्री देउवाले कांग्रेस निकटका व्यक्तिहरुलाई प्रदेश प्रमुख बनाए । पछि ओली प्रधानमन्त्री भएर आएपछि ओलीले तिनलाई हटाएर नेकपा निकटकालाई प्रदेश प्रमुख बनाए । त्याहा पनि भागबन्डाका आधारमा नेकपा कै नेता कार्यकर्ताहरु रहेका छन । यसरी देउवा र ओलीले नै संघीय व्यवस्थामा जुन दलको सरकार आयो, उसैका कार्यकर्तालाई प्रदेश प्रमुख बनाउने परिपाटी बसाले । अब अहिले प्रचण्ड–माधव नेपाल समूहसँग तिक्तता बढेपछि ओलीले प्रचण्ड–माधव निकट मानिने प्रदेश प्रमुखलाई टिकिरहन देलान त भन्ने प्रश्न उठेको छ । अहिले ओली नेतृत्वको संघीय सरकारबाट प्रचण्ड–माधव समूहका मन्त्रीहरु बाहिरिने र ओली पक्षका नेताहरु नयाँ मन्त्री बनेका छन् । यता प्रदेशमा पनि प्रचण्ड–माधव समूहका मानिने मन्त्रीहरुले राजीनामा दिँदै ओली समूहका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइरहेका छन् । यसरी प्रदेश सरकारमा समेत नेकपा विभाजनको प्रत्यक्ष असर देखिँदा प्रदेश प्रमुख बन्नुअघि प्रचण्ड–माधव समर्थक रहेका प्रदेश प्रमुखहरु पदमुक्त हुने शंका बढि देखिन्छ ।

तत्कालीन प्रदेश प्रमुखहरुमा गोविन्दबहादुर तुम्बाहाङ (प्रदेश–१), रत्नेश्वर लाल कायस्थ (प्रदेश–२), अनुराधा कोइराला (बागमती), बाबुराम कुँवर (गण्डकी प्रदेश), उमाकान्त झा (लुम्बिनी प्रदेश), दुर्गा केशर खनाल (कर्णाली प्रदेश) र मोहनराज मल्ल (सुदुरपश्चिम प्रदेश) थिए । ती सबै प्रदेश प्रमुखहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नियुक्त भएका थिए । देउवा नेतृत्वको सरकारले दुई तराई केन्द्रित दलहरू फोरम र राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) एवं कांग्रेसको सिफारिसमा त्यतिखेर प्रदेश प्रमुखहरू नियुक्त गरेको थियो । तत्कालिन नेकपा (एमाले) र माओवादी केन्द्रलाई भने नियुक्तिका बेला समेटिएको थिएन । ति सबै प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कार्तिकमा सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी थिइन । अहिले रहेका प्रदेश प्रमुखहरुमा, प्रदेश नं १ को प्रमुखमा सोमनाथ अधिकारी प्यासी, प्रदेश नं २ मा तिलक परियार, प्रदेश नं ३ मा विष्णुप्रसाद प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, लुम्बिनी प्रदेशमा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त छन् ।

LS Auto

प्रदेश १ प्रमुख प्यासी पूर्व एमाले, प्रदेश २ प्रमुख परियार पूर्व माओवादी, बागमती प्रदेश प्रमुख प्रसाई पूर्व एमाले तथा ओली निकटस्थ, गण्डकी प्रदेश प्रमुख शेरचन पूर्व माओवादी, लुम्बिनी प्रदेश प्रमुख यादव पूर्व एमाले, कर्णाली प्रदेश प्रमुख कलौनी पूर्व एमाले र सुदुरपश्चिम प्रदेश प्रमुख पन्त पूर्व माओवादी समर्थक हुन् । ओली समर्थक र प्रचण्ड–माधव समर्थक प्रदेश प्रमुख कित्ताकाट हुने वित्तिकै प्रदेश प्रमुखको पदमा पनि ओली समूहको आँखा नजाला भन्न सकिन्न । प्रदेश प्रमुख नियुक्त गर्ने र पदमुक्त गर्ने विषय राजनीतिक नभएतापनि तत्कालिन कांग्रेसको सरकारले बनाएका प्रदेश प्रमुखलाई हटाउने तिनै ओलीले प्रचण्ड–माधवका पूर्व समर्थक भएपनि वर्तमान प्रदेश प्रमुखलाई हटाउँदैनन् त ? केहिदिन अघिको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वमाओवादीका तर्फबाट सभामुख बनेका अग्निप्रसाद सापकोटालाई किर्ते सभामुखको संज्ञा दिएका थिए । आफैले समर्थन गरेर चयन गरेको सभामुख, पार्टी फुटपछि प्रचण्ड–माधव समूहको भएकैले किर्ते सभामुखको बिल्ला भिराउने प्रधानमन्त्री ओलीले तत्कालिन कांग्रेस निकट प्रदेश प्रमुखलाई झैँ पूर्व माओवादी र माधव नेपाल पक्षबाट प्रदेश प्रमुखमा नियुक्त गरिएका व्यक्तिहरुलाई राष्ट्रपतिको सिफारिसमा पदमुक्त गर्ने संभावना छैन र ? कि यसअघि नै विनाकारण प्रदेश प्रमुखलाई बर्खास्त गरेको आरोप खेपेका ओलीले यसपटक भने त्यस्तो कदम नचालेर आलोचनाबाट बच्ने हुन् ? आलोचनाको भारी बोकिरहेका ओलीका लागि थप आलोचना खेप्न थप भारी पर्ला त ? संभावना अर्काे पनि छ गैरसंवैधानिक ढंगले संसद विघटन गरेको आरोप खेपिरहेका ओलीले प्रदेश प्रमुखलाई राजनीतिक विषय नबनाएर जनमत आफ्नो पक्षमा पो पार्ने हुन कि ? वा आसिन असन्तुष्ट गुटका प्रदेश प्रमुखहरुले नै धार परिर्वतनको समर्थन जनाउने पो हुन कि ? राजनीतिक चरम तरलताको यो भुमरीमा नेपाल आएका चिनियाँ उपमन्त्रीको भूमिकाले समेत आगामी थप कदमका विषयमा प्रस्ट गर्नेछ ।

 

लोकप्रीय

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२

विचार

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२

थप समाचार

७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ
ताजा समाचार

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए
ताजा समाचार

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द
अन्तर्राष्ट्रिय

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.