×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026
Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026

सूर्य चिन्ह आफुहरुले पाउनेमा घामजस्तै छर्लङ्ग छः प्रचण्ड

१४ पुस, काठमाडाैँ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले विघटन गरेको प्रतिनिधि सभाको पुर्नस्थापना गरेरै छाड्ने बताएका छन् । मंगलबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड– माधव पक्षले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारले प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक तथा निरंकुश कदम चालेको भन्दै पुर्नस्थापना गरेरै छाड्ने बताएका हुन् ।

Advertisement
Advertisement

प्रधानमन्त्रीसँग प्रतिनिधि सभा विघटनको विशेष अधिकार अघिल्ला संविधानमा भएपनि राजनीतिक स्थिरताको निम्ति नयाँ संविधानमा हटाएको उल्लेख गर्दै अध्यक्ष प्रच्ण्डले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर विघटन गरिएको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संविधानको मर्म, भावना र अक्षरको विरुद्धमा रहेको भन्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा भंग नभई केपी ओली नेतृत्वको सरकार भंग भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता तथा समानुपातिक समावेशी प्रतिनिधित्वको विरोधी रहेको र कम्युनिष्ट आदर्श, मूल्य मान्यता र विचारमा स्खलित भइसकेको आरोप लगाउनुभयो । संविधान माथि यति निर्मम प्रहार आजसम्म कसैले नगरेको भन्दै अध्यक्ष प्रचण्डले आफैले बनाएको प्रधानमन्त्रीले यसो गर्नुहोला भन्ने कहिल्यै नसोचेको बताए। प्रतिनिधि सभा विघटनको विरुद्धमा सबै राजनीतिक दल, बुद्धिजिवी, नागरिक समाज सबै आन्दोलनमा उत्रिएको र सर्वोच्च अदालतका पूर्व न्यायाधिसदेखि हरेक क्षेत्रका मानिसहरुले असंवैधानिक र अलोकतान्त्रिक कदम भनिरहेको परिवेशमा सिंगो देशको आवाजलाई सर्वोच्च अदालतले सम्मान गर्दै प्रतिनिधि सभा विघटनको विरुद्धमा फैसला आउने विश्वास व्यक्त गरे । उनले अदालतको फैसलालाई प्रभावित पार्न सडकमा आएका नभई फैसला निम्ति जनताले गरेको सहजीकरणको रुपमा सडकमा आएको रुपमा बुझिदिन आग्रह गरे ।

लोकतन्त्र माथिको प्रहारलाई सच्याएर प्रतिगमन फिर्ता नगरे आन्दोलनको आँधि ल्याउने अध्यक्ष प्रचण्डको भनाई छ । प्रतिनिधि सभा विघटन तथा राजनीतिक दल विभाजन हठात निर्णय नभई प्रधानमन्त्री ओलीको वर्षदिनदेखिको योजना रहेको बताए। राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउनु, स्थायी कमिटी बैठक चलिरहेको बेला निर्वाचन आयोगमा प्रधानमन्त्रीकै निर्देशनमा नेकपा(एमाले) दर्ता गर्नु, र पार्टीको नीति,सिद्धान्त र निर्णय नमान्नु जस्ता कुराले उनीयोजनाबद्ध रहेको प्रमाणित हुने अध्यक्ष प्रचण्डको भनाई छ । प्रतिगमन रोक्ने तागत जनतासँग भएको भन्दै अध्यक्ष प्रचण्डले जनताले दिएको सार्वभौम अधिकारलाई दुई जना व्यक्तिले हत्या गर्न नमिल्ने बताए।

नेकपा पार्टीको आधिकारिकता दाबि गर्दै अध्यक्ष प्रचण्डले ७० प्रतिशत बढी केन्द्रीय कमिटी सदस्य आफुसँग भएको र निर्वाचन आयोगमा सशरिर उपस्थित हुन सक्ने पनि निर्वाचन आयोगलाई जानकारी दिइसकेको उल्लेख गर्दै पार्टीको आधिकारिकता र सूर्य चिन्ह आफुहरुले पाउनेमा दिनको घामजस्तै छर्लङ्ग रहेको बताए। बैशाखमा चुनाव गर्नको निम्ति चुनावी मिति घोषणा नभएको भन्दै प्रचण्डले निर्वाचनको भर नपर्न अन्य राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

Advertisement

 सरकारले चुनाव नगराई गणतन्त्र, संविधान तथा शान्तिलाई धरापमा पार्ने भएकाले संविधानको रक्षाको निम्ति सबै राजनीतिक दलहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए। एकताबद्ध भई आन्दोलित भए प्रतिक्रान्ति सच्चिने उनको भनाई छ । सरकारको असंवैधानिक कदम फिर्ता नभएसम्म आन्दोलनका अन्य कडा कार्यक्रम जारी रहने अध्यक्ष प्रचण्डले बताए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top