मुलुकको आर्थिक अवस्था राम्रो स्थितिमा छः गर्भनर अधिकारी

१४ पुस ७७, मंगलबार
Share this
773shares

१४ पुस, काठमाडौं ।

Advertisement

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मुलुकको समग्र आर्थिक अवस्था राम्रो स्थितिमा रहेको बताएका छन्।

नेपाल बैंकर्स संघको वार्षिक कार्यक्रम तथा साधारण सभालाई सम्बोधन गर्दै गर्भनर अधिकारीले मूल्यवृद्घि दर नियन्त्रण भित्र रहेको, चालु खाता र शोधान्तर अवस्था पनि बचतमा रहेको उल्लेख गरे।

Advertisement

गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई प्राथमिकतामा राखेको जानकारी गराउँदै ‘क्युआरकोड’ भुक्तानीलाई थप प्रभावकारी ढङ्गले अघि बढाउन बैंकहरुलाई निर्देशन समेत दिए ।

नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष एवम् सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकहरुको पूँजी कोषको अवस्था न्यूनतम ८.५ प्रतिशत भन्दा धेरै माथि रहेकाले निक्षेपकर्ताहरुले असुरक्षित ठान्नुपर्ने अवस्था नरहेको बताए।

Advertisement

त्यस अवसरमा संघले प्रत्येक वर्ष बैंकिङ्ग क्षेत्रमा योगदान गर्ने नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर सत्येन्द्र प्यारा श्रेष्ठलाई सम्मान गरेको छ । सम्मान–पत्रग्रहण पश्चात् पूर्व गर्भनर श्रेष्ठले अहिलेको चुनौतीपूर्ण अवस्थाबाट वाहिर आउन सरकार र निजी क्षेत्र एकजुट भएर लाग्नुपर्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top