एएफसीको क्लव लाइसेन्सको प्रमाणपत्र आर्मीलाई हस्तान्तरण

१५ पौष, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई बुधबार एसियाली फुटबल महासंघ (एएफसी)ले दिएको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

आर्मी मुख्यालयमा भएको कार्यक्रममा नेपाली फुटबलको सर्बोच्च निकाय एन्फाका अध्यक्ष शेर्पाले फिफा र एएफसीको सबै मापदण्ड पूरा गरी पाएको क्लव लाइसेन्सको प्रमाणपत्र आर्मीलाई हस्तान्तरण गरेका हुन् । सो प्रमाणपत्रलाई शेर्पाले आर्मीका प्रमुख पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् ।

विभिन्न मापदण्ड तोकिएकोमा पूरा गर्दै नेपालको शीर्ष डिभिजन लिग खेल्ने आर्मीलाई गत मंगलबार एएफसीले लाइसेन्स दिने निर्णय गरेको थियो ।

Advertisement

‘ए’ डिभिजन लिग खेलेका १४ टोली सबैले मान्यता लिन पत्रचार गरे पनि केही मापदण्ड पूरा हुन नसक्दा एएफसीले सबैलाई मान्यता दिएको थिएन । त्रिभुवन आर्मी क्लबले मान्यता पाँउदा नेपालको एक मात्र क्लबले अब एएफसीका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाउने छ ।

क्लबले महादेशमै च्याम्पियन्स लिगपछिको ठूलो प्रतियोगिता एएफसी कप २०२१ खेल्ने छ । गत वर्ष सम्पन्न ‘ए’ डिभिजन लिग २०७६ मा आर्मी उपविजेता हो ।

एएफसीका प्रतियोगिता अन्तर्गत नेपालको हकमा ‘ए’ डिभिजन लिग च्याम्पियन क्लबले एएफसी कप खेल्न पाउँछ । एएफसीले यसपालिदेखि आफ्नो प्रतियोगितामा सहभागी हुनका लागि क्लब लाइसेन्स अनिवार्य गरेपछि विभिन्न शीर्ष डिभिजन क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top