विद्युत ग्रीड आधुनिकिकरणका लागि एडिबीले १ सय ५६ मिलियन डलर दिने

१५ पौष, काठमाडौं । एसियाली विकास बैंक र अर्थ मन्त्रालयबीच विद्युत ग्रीड आधुनिकिकरण आयोजनाका लागि सहुलियतपूर्ण ऋण सहायता परिचालन गर्ने सम्बन्धी सम्झौता भएको छ ।

बुधबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंक नेपालका कार्यालय प्रतिनिधि रुदी लुइस हेन्ड्रिकस भान्देलले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार एसियाली विकास बैंकले १ सय ५६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने छ । अर्थ मन्त्रालयका सहसचिव नेपालले एडिबीबाट प्राप्त ऋण सहायतामा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले थप लगानी गरी १ सय ९५ मिलियन अमेरिकी डलरको परियोजना कार्यान्वयनमा ल्याइने बताए ।

यो आयोजनाले विद्युत वितरण सम्बन्धी तीन वटा मुख्य क्रियाकलापलाई जोड दिएको छ । विद्युत सबस्टेसनलाई स्वचालित बनाउने, विद्युत वितरणलाई विश्वसनिय र गुणस्तरीय बनाउने काम आयोजनाले गर्ने सहसचिव नेपालले बताए ।

आयोजनाले नेपाल विद्युत प्राधिकरणको संस्थागत क्षमता अभिवृद्धि गर्नलाई सहयोग गर्ने विश्वास गरिएको छ । आयोजना ५ वर्षमा सम्पन्न हुनेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top