टाउकोमाथि पोल खस्दा बालकको मृत्यु

१६ जेठ ७५, बुधबार
Share this
787shares

गौशाला, जेठ १६
महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा मंगलबार साँझ खेलिरहेको अवस्थामा टाउकामाथि पोल भाँचिएर खस्दा एक बालकको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका–१, बगडा गाउँ बस्ने मोहनजी यादवका छोरा आठ वर्षीय सिकिन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।

बालक यादव मंगलबार साँझतिर घरनजिकै रहेको खेतको छेउमा पहिलेदेखि आधा भाग भाँचिएर होड परी बसेको ढलान पोलमा झुला झुलेर खेलिरहेको बेला पोलको माथिल्लो आधा भाग बालकको टाउकोमा झरी उनी गम्भीर घाइते भएका थिए ।

Advertisement

टाउको माथि नै आधा पोल झरी गम्भीर घाइते भएका बालक यादवलाई तत्काल परिवारजनले उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा लगेकोमा उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top