मानिसको जीवन बचाउने कुरा नै सरकारको पहिलो प्राथमिकताः भानुभक्त ढकाल

१६ पौष, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड–१९बाट मानव जीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकास निर्माण लगायतका कामहरु ओझेलमा परेको स्वीकार गरेका छन् ।

बिहीबार नेपाल पर्यटन बोर्डको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री ढकालले कोभिडबाट मानव जीवन जोगाउन सरकारको ध्यान केन्द्रीत हुँदा विकास निर्माण, पर्यटन लगायतका क्षेत्रका कार्यक्रमहरु कार्यान्वन गर्न नसकिएको बताएका हुन् ।

कोभिडको कारण पर्यटन वर्ष २०२० स्थगित गर्नु परेको र यसले पर्यटन क्षेत्रमा ठूलो क्षति निम्त्याएको पनि बताए । कोभिडका कारण ठप्प भएको पर्यटन क्षेत्रको विकासका लागि सरकारले गर्न सक्ने कामहरु गर्न मन्त्रालय प्रतिवद्ध रहेको पनि बताए ।

Advertisement

सरकारले पर्यटन जीवनलाई पनि माथि उकास्न आगामी दिनमा गर्न सक्ने कार्यहरुलाई प्राथमिकता दिएर कार्यान्वयनमा लैजाने पनि मन्त्री ढकालले बताए ।

पछिल्लो समय बेलायतबाट फैलिएको कोरोना संक्रमणको नयाँ स्वरुपका कारण केही देशबाट हुने अन्तर्राष्ट्रिय उडान बन्द गरिएको समेत पर्यटन मन्त्री ढकालले बताए । मानिसको जीवन बचाउने कुरा नै पहिलो प्राथमिकता भएकाले सरकारले त्यसै अनुरुप काम गरिरहेको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top