रुखले किचेर ज्यान गयो

रुखले किचेर ज्यान गयो

मंगलबारे, इलाम, जेठ १६
रुखले किचेर इलाममा मंगलबार एक व्यक्तिको ज्यान गएको छ ।

दाउराका लागि रुख काट्ने क्रममा माई नगरपालिका–९, बोरुङका ५३ वर्षीय जंग देवानको मृत्यु भएको हो । घर नजिकैको जंगलमा दाउरा काट्ने क्रममा आफैँले ढालेको रुख आफैँतिर ढल्दा देवानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ ।

देवानको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ ।

रुखले थिचेर मृत्यु भएको अवस्थामा आफन्तले देवानलाई फेला पारेका थिए ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.