मकैको घोगामा दाना नलाग्दा १० करोडको क्षति

१५ जेठ ७५, बुधबार

वीरगञ्ज, जेठ १६
बाराका किसानले लगाएको हिउँदे मकैको घोगामा दाना नलाग्दा रु १० करोड सात लाख ३८ हजार बराबरको क्षति पुगेको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार कात्तिकमा लगाएको हिउँदे मकै शीतलहरका कारण परागशेचन हुन नसक्दा यसवर्ष करीब ५० प्रतिशतले मकै उत्पादनमा कमी आएको छ ।

जिल्लामा यसवर्ष १३ हजार ५९५ हेक्टरमा हिउँदे मकैखेती गरेकामा ५३ हजार २० दशमलव ५ मेट्रिक टन उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिए। किसानले गतवर्ष १३ हजार ५९५ हेक्टरमा ८४ हजार २८९ मेट्रिक टन मकै उत्पादन भएको थियो । यसवर्ष गतवर्षको तुलनामा ३१ हजार २६९ मेट्रिक टन कम मकै उत्पादन भएको छ ।

Advertisement

मकैको घोगामा दाना नलाग्दा जिल्लामा १२ हजारभन्दा बढी किसान मारमा परेका छन् । क्षतिपूर्ति उपलब्ध गराउन केन्द्रमा पत्राचार गरिएको कार्यालयका सूचना अधिकारी राजवंशीप्रसाद चौरसियाले बताए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top