मेलम्ची खानेपानी राजधानी पुग्न अझै समय लाग्ने

१८ पुस, चौतारा ।
मेलम्ची खानेपानी राजधानी पुर्‍याउने भाखा सरकारले फेरि सारेको छ।

Advertisement

गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लाग्ने भएकोले आगामी चैत अन्तिमसम्म पानी राजधानी पुग्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिडिइ राजेन्द्र पन्तले जानकारी दिए।

जर्मनीबाट आएका चारजना प्राविधिकले आयोजनाको निरीक्षणका साथै डिजाइन तथा सम्पूर्ण रिपोर्टमा समेत अध्ययन गरी सकेको हुँदा अन्तिम प्रतिवेदन प्राप्त हुन बाँकी रहेको छ। प्राप्त प्रतिवेदनलाई नेपाली प्राविधिज्ञ र ठेकेदार कम्पनीबीच छलफलपछि मात्र सुरुङमा पानी राखिने कार्यक्रम रहेको छ।

Advertisement

पानी राखेपछि पनि दुई महिनाको समय लाग्ने र सबै कुरामा सन्तोषजनक देखिएपछि मात्र राजधानी पठाइने हुँदा चैतसम्मको समय लाग्ने सूचना अधिकारी पन्तले बताए।

गत असारमा फुटेका दुईवटा ढोकालाई भारतीय कम्पनीबाट जडान भइसकेको हुँदा सुरुङको ९९ प्रतिशत काम सम्पन्न भएको छ। हेलम्बुको अम्बाथानस्थित मुहानमा हेडवर्क्स ९बाँध०को काम भने ९० प्रतिशत मात्र सम्पन्न भएको छ। बाँधको साथै पुलसमेत बनाउनुपर्ने भएकाले समय लाग्ने आयोजनाले जनाएको छ।

Advertisement

एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा करिब ३३ अर्ब रुपैयाँ लाग्ने आयोजनाको जटिल मानिने २७ किलोमिटर सुरुङ तीन वर्षअघि सम्पन्न भइसकेको छ। दैनिक १७ करोड लिटर पानी राजधानी पुर्‍याइने उक्त आयोजना पटकपटक पछि धकेलिँदै विभिन्न व्यवधान पार गरी अब भने सम्पन्नको अन्तिम चरणमा पुगेको छ।

आयोजनाको दोस्रो चरणको दैनिक १७ करोड लिटरको लार्केको काम पनि अघि बढाइएको आयोजनाले जनाएको छ। दैनिक १७ करोड लिटरको तेस्रो चरणको माङ्ग्रीको काम सम्पन्न भएपछि राजधानीमा दैनिक ५४ करोड लिटर पानी पुर्‍याइने लक्ष्य रहेको छ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top