‘सभामुखलाई विवादमा ल्याउनु वाञ्छनीय हुँदैन’

१७ पुस ७७, शनिबार

१८ पुस, विराटनगर ।
सभामुखको सचिवालयले अविश्वासको प्रस्तावका विषयमा सभामुखलाई विवादमा ल्याउनु वाञ्छनीय नभएको स्पष्ट पारेको छ।

Advertisement

शुक्रवार सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले प्रेस नोट जारी गर्दै सभामुखलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखले दर्ताका लागि लिखित निर्देशन दिएको बताएका छन्।

न्यौपानेले प्रशासनिक प्रक्रियालाई समेत जोड्दै सभामुखलाई विवादमा ल्याउनु वाञ्छनीय नभएको समेत उल्लेख गरेका छन्। प्रेस नोटमा भनिएको छ, ‘तथ्यहरुलाई एकातिर पन्छाएर सम्माननीय सभामुखज्यूलाई समेत विवादमा तान्ने प्रयासस्वरुप सृजना गरिएको भ्रममा नपर्न सबैमा आग्रह गर्दछु।’

Advertisement

अविश्वासको प्रस्ताव दर्ता समयका सम्बन्धमा संसद सचिवालयका प्रवक्ताद्वारा पुस ८ गते प्रेस विज्ञप्तिमार्फत स्पष्ट गरिसकिएको समेत प्रेस नोटमार्फत स्मरण गराइएको छ।

गत पुस ५ गते ९० जना सांसदहरुले संघीय संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावका विषयमा सभामुखलाई समेत जोडी टिप्पणी गरिएको सम्बन्धमा थप स्पष्ट पार्न प्रेस नोट जारी गरिएको बताइएको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top