ट्रम्पको कार्यकालमै पहिलोपटक रक्षा खर्चबारे राष्ट्रपतिको भिटोलाई संसद्ले उल्ट्यायो

१८ पुस, एजेन्सी ।
अमेरिकी संसद्ले रक्षा खर्चसम्बन्धी राष्ट्रपति ट्रम्पले प्रयोग गरेको विशेषाधिकार अर्थात् भिटोलाई उल्टाइदिएको छ।

उनको राष्ट्रपतीय कार्यकालमा पहिलोपटक संसद्ले यस्तो गरेको हो। नयाँ वर्षका बेला रिपब्लिकनको नियन्त्रणमा रहेको माथिल्लो सदन सिनेटले दुर्लभ रूपमा यस कदमबारे छलफल गर्न सत्र सञ्चालन गरेको थियो।

सिनेटमा ८१ जनाले यसको विपक्षका उत्रिएका थिए भने १३ जनाले ट्रम्पलाई साथ दिएका थिए। उनीहरूले ट्रम्पले भिटो प्रयोग गरेर रोकेको न्याश्नल डिफेन्स अथोराइजेसन एक्ट एनडीएए पारित गरेका छन्। जसको पक्षमा यसअघि नै तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले मतदान गरिसकेको छ।

प्रक्रिया
अमेरिकी संसद्को दुवै सदनमा दुईतिहाइ बहुमतले राष्ट्रपतिको भिटोलाई उल्टाउन सक्छ।  नयाँ परित ७४० अर्ब डलरको विधेयकले आउँदो वर्षको आर्थिक नीतिका लागि खर्च जुटाउनेछ।

अबको केही सातामा कार्यकाल सकिन लागेका ट्रम्पले विधेयकको केही व्यवस्थाबारे प्रश्न उठाएका थिए। अमेरिकी संसद्मा नवनिर्वाचित सदस्यहरूले सपथग्रहण गर्नुभन्दा एक दिनअघि यस्तो विकासक्रम देखिएको हो।

अफगानिस्तान र युरोपबाट अमेरिकी सेना फिर्ता गर्ने विषयलाई सीमित पार्ने विषयमा ट्रम्पको असन्तुष्टि रहँदै आएको थियो। सत्र सुरु हुनुअघि सिनेटका रिपब्लिकन नेता मिच मक्कोनेलले उक्त विधेयक पारित हुनेमा आफू विश्वस्त रहेको बताएका थिए।

उनले भनेका थिएः हामीले ५९ वर्षदेखि लगातार यस विधयेक पारित गर्दै आएका छौँ। आइतवार संसद् सकिनुअघि हामीले एक वा अर्को रूपबाट यसलाई पारित गर्छौँ।

ट्रम्प के चाहन्थे?
उनले उक्त विधेयकले सामाजिक सञ्जाल कम्पनीहरूको जिम्मेवारी स्पष्ट गर्ने व्यवस्थालाई समेत हटाउन चाहन्थे।

मतदानपछि ट्रम्पले ट्वीटमार्फत् प्रतिक्रिया जनाएका छन्, हाम्रो रिपब्लिकन सिनेटले सेक्सन २३० बाट मुक्ति पाउने अवसर गुमाएको छ। जसले ठूला प्रविधि कम्पनीलाई असीमित अधिकार दिएको छ। दयनीय!”

संसद्ले पारित गरेको विधेयक कानुन बन्नका लागि राष्ट्रपतिको हस्ताक्षर आवश्यक पर्छ। तर कहिलेकाहीँ आफ्ना नीतिगत असन्तुष्टिका कारण राष्ट्रपतिले त्यसमाथि भिटो प्रयोग वा अस्वीकार गर्न सक्छन्।

त्यसलाई दुवै सदनबाट दुईतिहाइ मतले पारित गरेर संसद्ले त्यस्तो भिटोलाई उल्टाउन सक्छन्। राष्ट्रपति ट्रम्पले यसअघि आठवटा विधेयकमा भिटो प्रयोग गरेका थिए। र ती सबैलाई त्यहाँ उनका रिपब्लिकन सांसद्हरूले साथ दिएका थिए।

झण्डै एक वर्ष समय खर्चिएर तयार पारिएको ४,५०० पृष्ठको उक्त विधेयकलाई ट्रम्पले चीन र रुसबाट आएको उपहार बताएका छन्।(बीबीसी)

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top