तीन दिन देशका केही ठाउँमा पानी पर्नेः उच्च हिमाली भेगमा हिमपात, तराईमा हुस्सु

१९ पौष, काठमाडौं । अबको तीन दिनसम्म देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले आउँदो तीन दिनसम्म देशका धेरैजसो ठाउँमा बादल लाग्ने र केही ठाउँमा आंशिकदेखि सामान्य वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताए ।

उनका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको छ । यस्तै देशका सबैजसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले आउँदो तीन दिन हिउँ पर्ने सम्भावना रहेको मौसमविद् शाक्यले बताए । अहिले देशका धेरैजसो ठाउँमा सामान्यदेखि आंशिक रुपमा बादल लागेको छ भने तराईका जिल्लाहरुमा कुहिरो र हुस्सु लागेको छ ।

तराईको कुहिरो तथा हुस्सु भने दिउँसोपखबाट हटेर जाने महाशाखाले जनाएको छ । आज काठमाण्डौ उपत्यका हिजोभन्दा केही न्यानो महशुस भएको छ । हिजो १ दशमलव तीन डिग्री रहेको काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज बढेर ३ डिग्रीमा पुगेको छ । काठमाण्डौ उपत्यकामा आज दिनभरजसो नै बादल लागे पनि तापक्रम भने बढ्दै जानेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top