महामारीबीच पनि सन् २०२० मा हवाई दुर्घटनामा मृत्यु बढ्यो

१९ पुस, बीबीसी ।
सन् २०२० मा कोरोनाभाइरस महामारीका कारण हवाई यात्रामा कमी आएपनि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढेको छ।

डेनमार्कको उड्डयन परामर्शदाता कम्पनी टु७० का अनुसार सन् २०२० मा २९९ जना व्यक्ति व्यावसायिक हवाई दुर्घटनामा मारिएका थिए जुन सन् २०१९ को २५७ भन्दा बढी हो।

गत वर्ष विश्वभर हवाई उडान ४२ प्रतिशतले घटेको फ्लाइटराडार२४ ले जनाएको छ। टु७० का अनुसार मृत्यु हुनेको सङ्ख्यामा ठूला व्यावसायिक उडानहरूको दुर्घटना रहेका छन्।

सो सङ्ख्यामा इरानको सशस्त्र शक्तिले खसालेको युक्रेनको जहाजमा भएको मृत्यु पनि समावेश छ। सो दुर्घटनामा १७६ जना मारिएका थिए र इरानले ती प्रत्येकको परिवारलाई १५०,००० डलर क्षतिपूर्ति दिने बताएको छ।

अर्को ठूलो दुर्घटना पाकिस्तान वायुसेवाको कराँचीमा भएको विमान दुर्घटना रहेको छ जसमा ९८ जनाको मृत्यु भएको थियो। सो दुर्घटनाको कारण मानवीय त्रुटि रहेको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ।

टु७० का अनुसार विमान दुर्घटनाको सङ्ख्या भने आधाभन्दा धेरै घटेको छ। सन् २०१९ मा ८६ दुर्घटना भएकोमा सन् २०२० मा ४० दुर्घटना मात्रै भएको र तीमध्ये पाँच दुर्घटनामा मात्रै मानवीय क्षति भएको जनाइएको छ।

दुर्घटनाको दर गएको १० वर्षमा समान भएको बताउँदै कम्पनीले सन् २०२० मा भएको उडानको कमीका कारण चालक दलको क्षमतामा ह्रास भएको हुनसक्ने बताउँदै सामान्य उडानमा फर्कँदा त्यसको असर देखिन सक्ने बताएको छ।

सन् २०१७ सबैभन्दा सुरक्षित वर्ष रहेको छ जुन वर्ष हवाई दुर्घटनामा १३ जनाको मात्रै मृत्यु भएको थियो।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top