कक्षा १२ को नतिजा माघ पहिलो साताभित्र सार्वजनिक हुने

२० पुस, काठमाडौँ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको नतिजा सकेसम्म चाँडै प्रकाशन गर्ने तयारी गरेकाे छ । परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य सकिएको छ भने इन्ट्री कार्य जारी रहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।

गत मंसिर ९ देखि १६ गते सम्पन्न परीक्षामा ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थी सहभागी छन् । कोरोना भाइरस प्रभावित विद्यार्थीका निम्ति यही पुस १६ गतेबाट २३ गतेसम्म लिइँदैछ । परीक्षार्थी संख्या थोरै रहेकोले  ती परीक्षार्थीको नतिजासमेत एकसाथ प्रकाशन हुनेछ ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले भने,‘सम्बन्धित विद्यालयले विद्यार्थीको डाटा, सिम्बोल नम्बर भरेको हुँदा उल्टोपाल्टो देखिएकाले इन्ट्री गर्ने काम ढिलो भएको छ । इन्ट्री सकिएलगत्तै रुजु गरिनेछ । सकेसम्म पुसभित्र नत्र माघ पहिलो साता नतिजा सार्वजनिक हुनेछ ।’

कोभिड–१९ ले गर्दा विद्यार्थीको कूल सय पूर्णाङ्कमा ४० प्रतिशत अंक भारको परीक्षा लिइएको थियाे। सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकन २० प्रतिशत र कक्षा ११ को विषयगत प्राप्तांक ४० प्रतिशत रहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top