हिउँदमा बदली भए प्रदूषण निकै खतरनाक हुने !

२० पुस ७७, मंगलबार

काठमाडौँ : हिउँदयाममा बदली भएका बेला प्रदूषणको मात्रा निकै खतरनाक हुने गरेको पाइएको छ। यसबाट मानव स्वास्थ्यमा गम्भीर असर पार्ने वातावरणविद्हरू बताउँछन्। उनीहरूका अनुसार हिउँदेयाममा चिसो बढेको बेला विशेषगरी बिहान र बेलुका हावामा हुने प्रदूषण बढ्छ।

मौसमविद्हरू भन्छन्, ‘चिसोयाममा हावाको बहाव कम हुन्छ, त्यसकारण धुलोका मसिना कणहरू (२.५ पिएम) जमिनमै टाँसिएर बस्छन् तर गर्मीयाममा भने हावाको बहावसँगै त्यस्ता कणहरू उड्ने गर्छन्।’ चिसोयाममा प्रदूषणको जोखिम अत्यधिक बढ्ने वातावरण विभागका प्रवक्ता तथा वातावरणविद् इन्दुविक्रम जोशी बताउँछन्।

शीतलहर चलेका बेला प्रदूषणको जोखिम झनै बढ्ने वातावरणविद्हरू बताउँछन्। काठमाडौंजस्तो वरिपरि पहाडले घेरिएको ठाउँमा चिसोयाममा धुलाका मसिना कणहरू गुम्सिएरै हावाभित्र रहने पौडेलको भनाइ छ। वातावरणविद्हरू गर्मीयामभन्दा वर्षायाम बढी उपयुक्त हुने बताउँछन्। वर्षायाममा वर्षा हुने भएकाले धुलोका कणहरू वर्षासँगे हट्ने भएकाले वर्षायाम उपयुक्त हुने वातावरणविद्हरूको भनाइ छ। वातारण विभागका प्राविधिक उपसचिव शंकर पौडेलले हिउँदेयाममा बदली लागेको बेला प्रदूषण निकै खतरनाक हुने बताए।

Advertisement

हावामा प्रदूषणको मात्रा २.५ माइक्रोनभन्दा साना कणहरू प्रतिघनमिटर ५० भन्दा कम देखिए त्यस क्षेत्रलाई ग्रिनजोन अर्थात् हरियो चिह्न मान्ने गरिएको छ। विश्व स्वास्थ्य संगठनले हावामा प्रदूषणको मात्रा २.५ माइक्रोनभन्दा साना कणहरू प्रतिघनमिटर ४० भन्दा कम देखिए ग्रिनजोन मान्ने गरेको छ तर नेपालले ५० सम्म देखिए त्यस क्षेत्रलाई ग्रिनजोन मान्ने गरेको छ। काठमाडौंको रत्नपार्कमा सोमबार हावामा प्रदूषणको मात्रा २.५ माइक्रोनभन्दा साना कणहरू प्रतिघनमिटर १ सय ५० को हाराहारीमा रहेको वातावरण विभागले जनाएको छ।, याे खबर नागरिक दैनिकमा छ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top