गण्डकी प्रदेशको विशेष अधिवेशन दिउँसो १ बजे

२१ पुस, पोखरा ।
गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि गण्डकी प्रदेशको विशेष अधिवेशन बोलाइएको हो । विशेष अधिवेशनमा कोरोना भाइरसको महामारीका विषयमा छलफल हुने भएको छ।

अन्य प्रदेशजस्तो सरकार फेरबदलको विषय यस प्रदेशमा नउठ्ने देखिएको छ । संवैधानिक व्यवस्थाअनुसार कांग्रेस र जनता समाजवादी पार्टीले विशेष अधिवेशन आह्वानका लागि ३० मंसिरमा निवेदन दिएका थिए ।

Advertisement

विशेष अधिवेशनको बैठक दिउँसो १ बजे पोखरा सभागृहमा बस्ने छ । पहिलोपटक आह्वान गरिएको विशेष अधिवेशनमा जनसरोकारका विषयमा छलफल हुने अनुमान छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सुविधाजनक बहुमतमा रहेकाले सरकार फेरबदलको विषयमा भने विशेष अधिवेशनमा कुरा नउठ्ने अनुमान छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले जनसरोकारका विषयमा छलफल आवश्यक रहेकाले विशेष अधिवेशन माग गरिएको बताए ।

Advertisement

संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थामा टेकेर नेपाली कांग्रेसका १५ र जसपाका दुई सांसदले विशेष अधिवेशन माग गर्दै निवेदन दिएका थिए ।

त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले यही पुस २१ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेका हुन् । गण्डकी प्रदेशसभामा कूल ६० सांसदहरुमध्ये सभामुखबाहेक नेकपाका ३९ जना छन् ।

तीमध्ये ओली पक्षमा २७ र प्रचण्ड–माधव नेपाल पक्षमा १२ जना छन्  । त्यस्तै नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ सदस्य छन् । जनमोर्चाले मुख्यमन्त्री गुरुङलाई साथ दिएकाले सरकार सुरक्षित छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ केपी शर्मा ओली निकट हुन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top