गण्डकी प्रदेशमा सुरु भयो विशेष अधिवेशन, नयाँ गठबन्धनको तयारी

२२ पौष, काठमाडौं । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन मंगलबारदेखि सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालले विशेष अधिवेशन बोलाउन माग गरेपछि मंगलबारदेखि गण्डकी प्रदेश सभाको विशेष अधिवेशन सुरु भएको हो ।

गण्डकी प्रदेश सभाको यस विशेष अधिवेशनमा कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारको बारेमा साझा संकल्पको रुपमा प्रस्तुत गर्ने निर्णय भएको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

अधिवेशनमा गरिबी निवारण, बेरोजगारी समस्या समाधान र प्रदेश सरकारले अघि बढाएका वहुवर्षिय योजनाहरुको व्यवस्थापन र कार्यान्वयनको सम्वन्धमा सार्वजनिक महत्वको विषयमा छलफल हुने उनले बताए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवादका कारण प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन सक्ने राजनीतिक आँकलनकाबीच मुख्यमन्त्री गुरुङले आफु अल्पमतमा नपर्ने दाबी गरे ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका प्रदेश सभा सदस्य दिपक कोइरालाले मुख्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमको पक्षपोषण गरिरहेको र आफुहरुले उक्त कदमको विरोध गरिरहेका कारण नयाँ सरकारका निम्ति नयाँ खालको गठबन्धनको खोजी हुने बताए ।

कस्तो गठबन्धन बन्ने भन्ने तय भइनसकेको भन्दै उनले नेकपाको पार्टी आधिकारिकताको विवादका कारण निर्णय गरेर अघि बढ्न नसकेको उनको भनाई छ ।

जनता समाजवादी पार्टी, नेपालका प्रदेश सभा सदस्य हरिशरण आचार्यले प्रदेश सभाको अधिवेशनमा सार्वजनिक महत्वको प्रस्ताव छुट्टै बनाएर पेश गर्ने र संकल्प प्रस्ताव भने साझा रुपमा पेश गर्ने सहमति भएको बताए ।

सत्तारुढ दलले बलियो सरकार बनाउन जनमत पाएको भएपनि हरियो जंगल फाँडेर मरुभुमि बनाएको टिप्पणी गरे । जसपाको ध्यान सरकारतर्फ नभएको उनको भनाई छ ।

गण्डकी प्रदेश सभाको अर्को बैठक पौष २६ गते बोलाईएको छ । २६ गते सार्वजनिक महत्वको विषयमा छलफल गरिने र हप्तादिन पछि बस्ने बैठकमा कोभिड–१९ को बारेमा साझा संकल्प प्रस्तुत हुने बताइएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top