कानुन व्यवसायीहरुले प्रश्न उठाएपछि संवैधानिक इजलासमा कार्की नबस्ने

कानुन व्यवसायीहरुले प्रश्न उठाएपछि संवैधानिक इजलासमा कार्की नबस्ने

२२ पौष, काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्की नबस्ने भएका छन् । कानुन व्यवसायीहरुले प्रश्न उठाएपछि कार्कीले इजलासमा नबस्ने निर्णय गरेका हुन् ।

वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, मुक्ति प्रधान, कृष्णप्रसाद भण्डारीलगायतले इजलासमा कार्की रहेकोमा प्रश्न उठाएका थिए । त्यसपछि हरिकृष्ण कार्कीले आफू इजलासमा नबस्ने बताएका हुन् ।

यो मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा हुने र अर्को न्यायाधीश थपिने सर्वोच्च अदालतले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.