आज ४०९ संक्रमित थपिँदा ४९५ डिस्चार्ज, देशभर ५,१३३ सक्रिय संक्रमित

२२ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

योसँगै देशभर संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार १३३ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ४९५ जना निको भइ डिस्चार्ज भएका छन् ।

योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ६ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८९९ रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top