संकटकाल लगायतका तानाबाना सफल हुँदैनन्: माधवकुमार नेपाल

२२ पुस ७७, बुधबार
Share this
701shares

२२ पुस, काठमाडाैँ ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले देशमा पुरानो व्यवस्थाको पुर्नस्थापना हुन नदिने बताएका छन् ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आयोजना गरेको अनन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशमा संकटकाल लगाउने, अनेकखालका षडयन्त्र, तानाबाना बुनिएको सुनिरहेको भन्दै यस्ता षडयन्त्र सफल नुहने बताए।

Advertisement

पुरानो व्यवस्थाको पुर्नस्थापना हुन्छ भन्नेमा कसैले सपना नदेख्न उनको आग्रह छ । पुरानो व्यवस्थाको पुर्नस्थापना हुने कुनै सम्भावना नरहेको र हुन नदिने उनले बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्र जस्तै बिदा हुने बताए । सत्तामा आएपछि नियम कानून केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको भनाई छ । वैशाखमा चुनाव नहुने पनि उनले बताए ।

Advertisement

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले आफुहरु सधैभरी अग्रगमनको पक्षमा रहने बताए । प्रतिगमनको पक्षमा नजाने उनको भनाई छ ।

पौष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको विघटन गरेसँगै राजनीतिक दलहरु यसको विरोधमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । बुधबार नेकपा प्रचण्ड–माधव पक्षले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुले आफ्नो धारणा राखेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top