दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(विघटनको सुनुवाई)
संसद विघटनको मुद्दामा सुनुवाईका लागि रिट निवेदकहरुद्वारा वृहत पूर्ण इजलास गठनको माग /कानुन व्यवसायीहरुले प्रश्न उठाएपछि विघटनविरुद्ध सुनुवाइ गर्ने संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्की नबस्ने ।

२.(विरोधमा लाल्टिन)
नेकपा प्रचण्ड–नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूद्वारा दिउँसै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन /प्रधानमन्त्रीलाई गल्तीको प्रायश्चित गर्ने र सच्याउने अवसर अझै भएको भन्दै निर्णय सच्याउन माग ।

३.(सम्बोधनको लहड)
संसद विघटनपश्चात नेकपा अध्यक्ष केपी शर्मा ओली उपत्यका बाहिरका कार्यकर्तालाई सम्बोधन गर्न पुस २४ मा सुदूरपश्चिम जाने /सुरक्षाका लागि करीब एक हजार सशस्त्र र नेपाल प्रहरी परिचालन गरिने ।

४.(प्रदेशमा हलचल)
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री झपडबहादुर बोहोराले दिए राजीनामा /गण्डकी प्रदेश सभाको विशेष अधिवेशन मंगलबारदेखि सुरु /अधिवेशनमा गरिबी निवारण, बेरोजगारी समस्या समाधान र वहुवर्षिय योजनाका सम्वन्धमा सार्वजनिक महत्वको प्रस्ताव पेश हुने ।

५.(बाबुरामको बिद्धता)
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान भन्दा माथिबाट समग्र व्यवस्थालाई नै कू गरेको डा. बाबुराम भट्टराईको आरोप /दुई तिहाई बहुमतको सरकार चलाउन नसक्ने मान्छेले चुनाव गराउँछ भन्ने भ्रममा नपर्न आग्रह ।

६.(गगनको कटाक्ष)
संविधानमा ‘कू’ हुँदा समेत नबोल्ने संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निरीहताप्रति आफूलाई दया लागेको नेपाली कांग्रेसका नेता गगन थापाको टिप्पणी /संविधानका अक्षरको स्पन्दन, त्यस समयका सभा, समितिका बारेमा नेम्वाङलाई जानकारी रहेको उल्लेख ।

७.(भित्रियो नयाँ संक्रमण !)
बेलायतबाट नेपाल फर्केका सातमध्ये तीन जनामा नयाँ भेरियन्टको संक्रमण भएको आशंका / संक्रमणको पुष्टि गर्न सरकारले सोमबारसम्म हङकङ विश्वविद्यालयको प्रयोगशालामा नमुना पु¥याइसक्ने योजना ।

८.(रोकिएन संक्रमण)
नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जनामा संक्रमण /४९५ जना डिस्चार्ज /देशभर हाल ५ हजार १३३ सक्रिय संक्रमित रहँदा अहिलेसम्म १८ सय ९९ जनाको मृत्यु ।

९.(बजारको खोजी)
नेपाली वस्तुको निर्यात प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु ल्याउनुपर्नेमा उद्योगी व्यवसायीहरुको जोड /निर्यात जन्य वस्तुहरुको आन्तरिक बजारलाई सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय बजारको खोजी बढाउनुपर्ने उल्लेख ।

१०.(जिरोमा बृद्धिदर)
नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमै सीमित हुने विश्व बैंकको प्रक्षेपण /सबैभन्दा धेरै माल्दिभ्सको आर्थिक बृद्धिदर ९ दशमलव ७ प्रतिशत कायम रहदा सन् २०२१ मा विश्वभरको आर्थिक वृद्धिदर ४ प्रतिशत हुने अनुमान ।

११.(भू–भाग फिर्ताको बाटो)
नेपाल र भारतबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक माघ पहिलो साता हुने तय /बैठक नयाँ दिल्लीमा माघ १ र २ गते हुने /भारतसँग भू–भाग फिर्ता ल्याउने विषय बैठकको मुख्य एजेन्डा हुने ।

१२.(छिमेकमा बर्ड फ्लु)
भारतका विभिन्न राज्यमा बर्ड फ्लुको संक्रमण पुष्टि भएसँगै नेपाल–भारत सीमा क्षेत्रमा कडाइ / भारतबाट आउने मासुजन्य सबै वस्तुलाई नेपाल प्रवेश गर्न निषेध/ अनुसन्धानका लागि ल्याइने पशुपंक्षीहरुमा प्रमाणिकरण अनिर्वाय ।

१३.(ओमानको अवसर)
ओमानमा अवैध रहिरहेका अलेखबद्ध नेपालीहरूका लागि घर फर्कन पाउने अवधि मार्चसम्म थपियो /कामदार अनुमित पत्र तथा भिसा सकिएर वा लामो समयदेखि आफ्नो स्पोन्सरको सम्पर्क बाहिर रहेका नेपालीहरुलाई सम्पर्क गर्न दूतावासको अनुरोध ।

१४.(खेल भित्रको समस्या)
गत साउन देखि रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराईदिन माग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघद्वारा खेलकुदमन्त्री दावा तामाङको ध्यानाकर्षण/वर्ष दिन क्रिज बाहिर रहेका खेलाडी ओमान, अमेरिका र नेपालबीच हुने त्रिकोणात्मक शृखंलाको तयारीमा जुटे ।

र,

१५.(शंकाको घेरामा चीन)
कोभिड १९ को सुरुवात कसरी भयो भन्ने अनुसन्धानका लागि खटिएको विश्व स्वास्थ्य संगठनको टोलीलाई चीन प्रवेशमा रोक /चीनले भिसा नदिएपछि डब्लुएचओका प्रमुख टेड्रोस गेब्रियसस् निराश ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top