NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

पोर्चुगलको अस्पतालमा पहिलो नेपाली परिचारिका

बुधबार पुस २२ , २०७७
Reading Time: 1 min read
A A
पोर्चुगलको अस्पतालमा पहिलो नेपाली परिचारिका
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ पुस, पोर्चुगल ।

काठमाडौँका इन्दिरा ब्यञ्जन्कारले पोर्तुगलमा नर्सको लाइसेन्स पाउने पहिलो नेपाली नर्सको रुपमा आफ्नो पहिचान बनाउन सफल भएकी छिन् । बाल्यकालमा आफ्नो आमाले घर छिमेकीमा सामान्य घाउचोट र सामान्य रुवाखोकीको बिरामीलाई घरमा बोलाई प्राथमिक उपचार गर्नुभएको कारण आफूलाई स्वास्थ क्षेत्रमा लाग्ने प्रेरणा मिलेको उनले बताइन् ।

त्यही सपना पूरा गर्ने उद्देश्यसहित चाँदनी उच्च माध्यमिक विद्यालयबाट १२ कक्षा पास गर्नुभएका ब्यन्जन्कार भारतको राजीव गान्धी विश्व विद्यालयको स्वास्थ र विज्ञानअन्तर्गत रवण क्याम्पसबाट ब्याचलर (स्नातक) डिग्री हासिल गरी नर्सिङ पेशामा आवद्ध भएकी हुन् ।

Advertisement

आफ्नो आकांक्षा पूरा गर्न उनी ललितपुर जिल्ला पुल्चोकस्थित निदान अस्पताल तथा नेपाल अर्बुद हस्पिटल तथा अनुसन्धान केन्द्र हरिसिद्धिमा र केही समय स्वयंसेवक रुपमा काम गरेपछि उनको भूमिकाको उचित मूल्याङ्कन गरी उनलाई नर्सिङ पेशामा कार्य गर्न अस्पताल प्रशासनले सेवा गर्ने अवसर दिएको बताउँदै तीन वर्ष स्वास्थ्य स्वयंसेवीका रूपमा कार्यरत रहिन् ।

त्यसलगत्तै आफ्नो श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा युरोपेली मुलुक पोर्चुगलमा रहेको र उनी सन् २०१४ मा पारिवारिक भिसामा पोर्चुगल आएकी हुन् । उनको वैदेशिक यात्रापछि आफ्नो कुशल स्वास्थ्यकर्मी बन्ने इच्छालाई पूर्णविराम लाग्ने हो की भनेर निकै चिन्तित भएको बताउँदै उनले जहाँ ईच्छा त्यहाँ उपाय भन्ने भनाइलाई आत्मसात गरी आफू आएको मुलुकमा आफ्नो रुचिको पेशाका लागि अध्ययनलाई अगाडि बढाउन सोच बनाइन् ।

उनका अनुसार शुरुवातमा नयाँ देश, नयाँ भाषा, निकै कठिनाई भोग्नुपरेको थियो । पोर्चुगलमा अङ्ग्रेजी भाषालाई प्राथमिक नदिने कारण यहीँको पोर्चुगाली मातृभाषा अनिवार्य भएकाले पटकपटक विश्व विद्यालयबाट भाषा परीक्षामा असफल भए पनि कुनै हार नखाइ निरन्तर लागि परेपछि आफ्नो लक्ष्य पूरा गर्न सफल भएको अनुभव ब्यन्जनाकारसँग छ ।

पोर्चुगलमा नर्सको लाइसेन्सका लागि यहाँको भाषामा डिप्लोमा गर्नुपर्ने पनि अनिवार्य रहेछ । त्यसलगत्तै उनी पोर्तुगिज नर्सिङ काउन्सिलको परीक्षामा सहभागी भई आफूलाई नर्सिङ पेशामा आवद्ध हुन लाइसेन्स प्राप्त गर्न सफल भइन् ।

सन् २०१८ डिसेम्बरदेखि पोर्तो साल्भोमा सञ्चालित नातुरिदाद नर्सिङ होममा आवद्ध भएर काम गरिन् । त्यसपछि लिस्वन बेलाईस्थित सरकारी अस्पताल एगास मोनिसमा काम गरिन् । नयाँ स्थान विल्कुलै नयाँ परिवेशमा काम गर्दा शुरुवातका दिनमा निकै कठिनाइ भएको बताउँदै उनले इमान्दारिताका साथ आफ्नो पेशामा लागिपरेको तथा वरिष्ठ चिकित्सक र नर्सको सहयोगमा काम गर्न सहज भएको अनुभव सुनाइन् ।

उनी अहिले पोर्चुगलको राजधानी लिस्वनको मुटु मार्तिमुनिज नजिकै रहेको सेन्ट क्रिस्टोफर नामक एक अर्धसरकारी अस्पतालमा स्वास्थ्य सेवामा सक्रिय रुपमा कार्यरत रहेकी छिन् । लामो समयको मेहनतको फल अनुरुप आफ्नो लक्ष्य प्राप्त गर्न २०१८ पोर्चुगलमा पहिलो नेपाली लाइसेन्स प्राप्त स्वास्थकर्मीको नामबाट चिनिने अवसर प्राप्त भयो । यो सङ्घर्ष, मेहेनत र सफलतासँगैको पेशाले उनी र उनको परिवार मात्रै नभएर पोर्चुगलमा बसोबास गरिरहेका नेपाली पनि निकै खुशी हुने गरेको उनले बताइन् ।

आफू कार्यरत अस्पतालमा आफूले गरेको कार्यप्रति सन्तुष्टि रहेको बताउँदै उनले आफूलाई समस्या पर्दा सहयोग गर्ने, कामप्रति निर्वाह गरेको इमानदारीतालाई प्रशासनले सम्मान गरेको जानकारी दिइन् । यही समयमा आएको कोरोना भाइरस जसले संसारलाई नै हल्लाइरहेको छ । विश्वभरी ठूलै सङ्ख्यामा मानवीय क्षति भइरहेको छ । कोरोनाकै विश्वव्यापी महामारीमा म आफू रहेको देश पोर्चुगल पनि अछुतो रहनसकेको छैन् । उनको काम, अनुभव र बुझाइअनुसार पोर्चुगल सरकारले समयमै ध्यान दिएका कारण अन्य देशमा जस्तो कोरोना महामारीको सङ«क्रमण फैलने क्रम घट्दै गयो ।

हाम्रो अर्को एक जिज्ञासामा उनले भनिन्, “म मेरो पेशा अनुसार आफू कार्यरत हस्पिटलमा अगाडिको स्थानमा कर्मचारीको रुपमा प्रतिदिन कार्यरत रहिआएको छु । फेरि मेरो वार्ड रेस्पीरेटोरी वार्ड, कोरोनाको बिरामी यही वार्डमा भर्ना गर्नेभयो । अस्पताल भर्ना भएका बिरामीलाई केयर पुगे नपुगेको, उनीहरुको स्वास्थ्यस्थिति, टेस्ट रिपोर्ट के कस्तो आइरहेको छ ? त्यो पनि बुझ्नुपर्ने, नयाँ तालीम र मेडिकल अपडेटको पनि जानकार रहनुपर्ने त मेरो जिम्मेवारी नै थियो । जस्तोसुकै अवस्थामा म मेरो पेशाका कारण मानवीय सेवामा जिम्मेवार छु र बन्नु पनि पर्छ । आफू पनि म मान्छे न हुँ । जब आफू बसेको घरबाट सेवाका लागि अस्पताल जान निस्किन्छु मेरो मनले सधैँ सबैको सुस्वास्थ्यका लागि भगवानसँग प्राथना गर्ने गरेकी छु ।”

पछिल्लो समय मनमा कोरोना भाइरस आफूलाई पनि नछाड्ने हो की भन्ने कुराले सताएको अनुभव छ । आफ्नो मनभित्रको डरलाई लुकाउँदै बिरामीलाई हौसला दिने साथै आफ्नो परिवार, साथीलाई, हौसलाका साथ आत्मबल बढाउन सकारात्मक सोचाइको विकास गर्नुपर्ने कुरालाई उनले जोड दिइन् ।

अझ नेपाली समुदायमा भाषाको कठिनाइका कारण स्वास्थमा आएका समस्याको विषयमा छलफल, परामर्श, सल्लाह र जिज्ञासा मेटाउन उनको व्यस्तता उत्तिकै बढिरहेको छ । विभिन्न समयमा नेपाली समुदायले सञ्चालन गरिरहेका स्वास्थ शिविरमा सहभागी भई उनको नेतृत्वमा स्वास्थसेवा प्रदान गर्न विशेष भूमिका निर्वाह गरेकी छिन् ।

उनले कोही नेपाली दिदिबहिनी पनि आफ्नो उद्देश्य अनुसार नर्सिङ पेशामा आबद्ध हुन चाहेमा आफ्नो अनुभवको आधारमा जो कोहीलाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।–भगवान गिरी/रासस

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याको सदस्यता मनमुटावले रोक्यो, महासचिवको जिब्रो चिप्लियो 

बुधबार साउन ७ , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.