बजेटको घरेलु तथा साना उद्योग महासंघद्वारा स्वागत

१७ जेठ ७५, बिहीबार

काठमाडौँ, जेठ १७
आर्थिक वर्ष २०७५÷७६ का लागि संघीय संसद्मा पेश भएको बजेटको स्वागत गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले वर्तमान सरकारको आर्थिक विकास र समृद्धि प्राप्त गर्ने माध्यम भनेकै मुलुकमा औद्योगिकीकरण भएकामा जोड दिएको छ ।

Advertisement

औद्योगिकीकरणका लागि पर्याप्त अभ्यास गरिए पनि औद्योगिकीकरणलाई स्पष्ट सम्बोधन नभएको ठहर गर्दै महासंघले समग्रमा बजेट सकारात्मक रहेपनि कार्यान्वयन भने चुनौतीपूर्ण रहेको जनाएको छ ।

महासंघले आज एक वक्तव्य जारी गरेर बजेट मूलतः सरकारद्वारा जारी नीति तथा कार्यक्रममा आधारित रही पहिलो वर्षका लागि प्रक्षेपण गरिएको औसत बजेटका रुपमा आएको जनाएको छ ।

Advertisement

उद्यमशीलता, रोजगारी र उद्योगको क्षेत्रमा केही सकारात्मक कार्यक्रम समावेश भएको आगामी आवको बजेटले उत्पादनमूलक झण्डै दुई लाख ९० हजारको हाराहारीमा रहेका घरेलु तथा साना उद्योगलाई पुनरुत्थान तथा स्तरोन्नति गरी मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने सम्भावनालाई सम्बोधन गर्न नसकेको गुनासो पनि महासंघले गरेको छ ।

आठ प्रतिशतको आर्थिक वृद्धि र पाँच लाख थप रोजगारी सिर्जना गर्न उत्पादनुमूलक क्षेत्रमा प्रभावकारी कार्यक्रमसहित स्पष्ट दिशा निर्देश गर्नुपर्नेमा जोड दिँदै महासंघले घरेलु तथा साना उद्योगको स्तरोन्नतिका लागि लगानी पहुँच अभिवृद्धि गर्न प्राथमिकता प्राप्त कर्जाअन्तर्गत कूल कर्जा प्रवाहको न्यूनतम २५ प्रतिशत पु¥याई सरलीकृत कर्जा प्रवाहको कार्यविधि तयार गरी पूँजी पहुँच अभिवृद्धि गर्नुपर्नेमा जोड दिएको छ ।

Advertisement

रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top