×

NEPAL TIMES UPDATES

Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-02-2082 || Nepal Times
Mar 16, 2026
Playing
राज्य हल्लाएका सिकेको राजनीतिबाट विश्राम,हार माने कि नैतिकता देखाए ?|| Nepal Times
Mar 16, 2026
Playing
W*ar Briefing: Iran, Israel, and the US खामेनीको विमान ध्व स्त पारेको इजरेलको दाबी,नेतन्याहू जिउँदै
Mar 16, 2026
Playing
Iran पस्दै अमेरिकी ‘सि‍टी कि‍लर’, ३४हजार किलो गोला–बारूदबाट हम ला || Nepal Times
Mar 16, 2026
Playing
World News: ट्रम्पको प्रस्ताव अस्ट्रेलिया र जापानबाट अस्वीकृत,अस्ट्रेलियाको हवाई यात्रा संकटमा
Mar 16, 2026
Playing
यु द्ध Iranमा, बाछिटा नेपालमा ! विश्वऊर्जा बजारमा हा हाका र || Nepal Times
Mar 16, 2026
Playing
Iran ले चिनियाँ प्रविधि बेइदु प्रयोग गरेको आशंका, के काम गर्छ? || Nepal Times
Mar 16, 2026

जनकपुर-जयनगर रेलसेवा भाडा : जनरल बोगी रु ७० र एसी बोगी रु ३००

२४ पुष २०७७

२४ पुस, धनुषा ।

दुई वर्षदेखि पटकपटक मिति तोकिए सञ्चालन हुन नसकेको जनकपुर जयनगर रेल सेवाको पछिल्लो पटक माघभित्र सञ्चालन हुनेमा सन्देह व्यक्त गरिएको छ ।

Advertisement

शुरुमा ब्रोडगेजको रेल्वे लिक तयार हुनुका साथै ठाउँठाउँमा रेल्वे स्टेशन र हल्टसमेत निर्माण भइसक्दा इञ्जिन र बोगी आउन नसकेको भन्दै रेल सेवा सञ्चालन हुन सकेको थिएन तर अहिले भारतबाट दुई वटा रेल खरिद गरिएको चार महिना भइसक्दा पनि सञ्चालन हुन सकेको छैन । भारतबाट खरिद गरिएको दुई वटा रेल अहिले धनुषाको इनर्वास्थित नेपाली स्टेशनमा थन्क्याएर राखिएको छ ।

यसरी पटकपटक विभिन्न मिति तोकिए पनि रेल सेवा सञ्चालन हुन सक्दा सर्वसाधारणले अहिले रेल्वे कम्पनीले माघभित्र सञ्चालनमा आउने बताउँदै गर्दा स्थानीयले अब सञ्चालन भई रेल गुडेको नदेखेसम्म विश्वास गर्न नसकिने बताउँछन् । जनकपुरधामस्थित रेल्वे स्टेशन रोडमा ल्यापटप मर्मत पसल सञ्चालन गर्दै आएका उमेश महतोले भने, “रेल सेवा शुरु भएपछि भारतबाट रिपेयर पार्ट ल्याउन सजिलो हुने हिसाबले स्टेशन रोडमा एक वर्षअघि पसल राखे तर अहिलेसम्म रेल सञ्चालन हुन सकेको छैन । पटकपटक तोकिएको मितिमा रेल सञ्चालन नभएसम्म विश्वास गर्न सकिँदैन ।”

लामो समयदेखि रेल सञ्चालनमा आउने बताइँदै आएको भए पनि विभिन्न कारण देखाउँदै रेल सञ्चालन हुन नसकेको अवस्थामा पछिल्लो पटक नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले यहि माघभित्र जसरी पनि सञ्चालनका ल्याउने दाबी गरे । तर, जनकपुरका स्थानीय भने माघभित्रै रेल सञ्चालन हुनेमा ढुक्क हुन सकेका छैनन् ।

महाप्रबन्धक भट्टराईका अनुसार आवश्यकपर्ने जनशक्ति व्यवस्थापनका विषय सुनिश्चित भइसकेकाले माघभित्रै रेल सञ्चालनमा आउने दाबी गर्छन् । उनले रेल सञ्चालनका लागि प्राविधिकतर्फका २६ कर्मचारी भारतबाट ल्याइने र बाँकी करिब १०० कर्मचारी नेपालतर्फबाट राखेर सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको जानकारी दिए । भट्टराईले भने, “प्राविधिक कर्मचारीका लागि भारतीय पक्षसँग प्याकेजमा सहमति भइसकेको छ । जिटुजी प्रक्रियामा भारतीय पक्षसँग प्याकेजमा सहमति भएको हो र त्यसलाई मूर्त रुप दिन उक्त प्याकेजसहितको प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेका छौँ ।”

उनले रेल इञ्जिनको सर्भिसिङ, रेल्वे लिकको मर्मत र रेल दुर्घटनाको जिम्मेवारी भारतीय पक्षले नै लिने तथा नेपालका प्राविधिक कर्मचारीलाई रेल्वेसम्बन्धी तालिम दिनेलगायत विषय प्याकेजमा समावेश गरिएको जानकारी दिए । उनले नेपालको तर्फबाट ५० जना प्रशासनिक कर्मचारी सडक विभागसँग माग गरेको बताए । त्यसका लागि सडक विभाग पनि सकारात्मक रहेको उनले बताए । सामान्य प्रविधिक कर्मचारीका लागि विगतमा रेल्वेका काम गरेका पुराना इच्छुक करिब ५० जना कर्मचारीलाई छ महिनाका लागि करारमा नियुक्त गरेर तत्काल रेल सञ्चालन गरिने महाप्रबन्धक भट्टराईले जनाए ।

महाप्रबन्धक भट्टराईले रेल्वे लिकका चोरी भएको क्लिपर तथा क्षति भएका भौतिक संरचनाकोसमेत मर्मतसम्भारको काम लगभग पूरा भइसकेको बताए । उनले रेल सञ्चालनका लागि आवश्यकपर्ने अन्य टिकट, सफ्टवेयरसमेत तयार भइसकेको बताउनुभयो । महाप्रबन्धक भट्टराईका अनुसार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको भाडा जनरल बोगीमा ७० रुपैयाँ र एसी बोगीमा ३०० सम्म तोकिएको छ । उनले प्रतिकिलोमिटर बढीमा १५ रुपैयाँ जनरल बोगीमा र एसीमा जनरलभन्दा पाँच गुणा बढी भाडा तोकिएको बताए । महाप्रबन्धक भट्टराईले एक स्टेशनबाट अर्को स्टेशनमा झरेको खण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँको दरले भाडा लाग्ने जानकारी दिए । दुई वा दुईभन्दा बढी स्टेशनसम्म यात्रा गरे त्योभन्दा कम भाडा लाग्ने उनले बताए । कुर्थादेखि जयनगरसम्म जयनगर, इनर्वा, खजुरी, वैदही र कुर्था गरी पाँच वटा स्टेशन राखिएको छ ।

जनकपुर, मैनाथपुर र परवाहामा हल्ट छ । स्टेसनमा एकभन्दा बढी रेल्वे लिक बनाएकाले त्यहाँ रेलको क्रसिङ गरिनेछ । हल्ट भएको स्थानमा रेल केही समयका लागि विश्राम अर्थात् त्यहाँ यात्रु ओसारपसार मात्रै हुनेछ । स्टेशन र हल्ट भएका स्थानमा रेलको टिकट काटिनेछ । अनलाइनमार्फत पनि टिकट बुक गर्न सकिने महाप्रबन्धक भट्टराईले बताए। जनकपुर–जयनगर रेल्वेको साइट इञ्चार्ज विनोद ओझाले जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर यात्रा गर्न एक घण्टा लाग्ने बताए ।

कर्मचारी विज्ञापनमा ३२ हजार आवेदन

रेल्वेको साइट इञ्चार्ज विनोद ओझाका अनुसार मौखिक परीक्षाका माध्यमले नै करारमा छ महिनाका लागि कर्मचारी भर्ना गर्न आह्वान गरिएको विज्ञापनमा ३२ हजारभन्दा बढीले आवेदन दिएका छन् । तर, लोकसेवाले नै कर्मचारी छनोट गर्ने जिम्मेवारी पाएपछि त्यो प्रक्रिया पूरा गर्न नै लामो समय लाग्ने भएकाले तत्काल भारतीय प्राविधिक कर्मचारी, सडक विभाग र रेल्वेका काम गरेका पुराना अनुभवी कर्मचारीकै सहयोग लिएर रेल सञ्चालनको तयारी भइरहेको ओझाले बताए ।

उनले स्थायी कर्मचारीका लागि लोक सेवा आयोगले पुनःविज्ञापन गरे पनि अहिले करारका लागि आवेदन दिएकालाई पनि उक्त विज्ञापनमा समावेश गरिने बताए । कम्पनीले डिजेल इलेक्ट्रिक मल्टिपल युनिट भएका रेल डिजेल र विद्युत् दुवैबाट चल्ने विश्वमै नयाँ मोडेलका रूपमा तयार गरिएको रेल प्रतिघण्टा ११० किलोमिटरको गतिमा चल्न सक्ने बताइएको छ ।

एउटै इञ्जिन भए पनि दुवैतर्फबाट चलाउन सकिने रेलको एउटा बोगी (डब्बा)मा ७० सिट छन् । प्रतिकिलोमिटर दुई लिटर डिजेल खपत हुने रेलमा आवश्यकताअनुसार थप चार वटा बोगीसम्म जोड्न सकिने इञ्जिनीयर ओझाले बताए ।

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top