बाइडनको जीतलाई अमेरिकी कंग्रेसद्वारा अनुमोदन, ट्रम्पका गतिविधिको सर्वत्र विरोध

२४ पुस ७७, शुक्रबार

२४ पुस, एजेन्सी।

Advertisement

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनको जीतलाई अमेरिकी कंग्रेसले अनुमोदन गरेको छ । यो अनुमोदनसँगै आगामी जनवरी २० मा बाइडनले राष्ट्रपतिको पद सम्हाल्नेछन् ।

एकातर्फ अमेरिकी कंग्रेसमा बाइडनको जीतलाई अनुमोदन भइरहेको थियो भने अर्कोतर्फ ट्रम्प पक्षीय कार्यकर्ताहरुले निर्वाचन परिणामको विरुद्ध हिंसात्मक बिरोध प्रदर्शन गरिरहेका थिए । जसका कारण चार जनाको मृत्यु भयो ।

Advertisement

बिरोधको मुख्य बिषय थियो बाइडेनको जीत अस्वीकार । यस बिषयमा वेलायती प्रधानमन्त्री वोरिस जोनसोनले राष्ट्रपति ट्रम्पको गतिविधि पुर्णरुपमा गलत भनेका छन्।

यसैगरी मिसेल ओबामाले यो प्रदर्शन र हिंसात्मक गतिविधिलाई आतंकबादी गतिविधि भनेका छन् भने अन्य बौद्धिक र राजनीतिक व्यक्तित्वहरुले ट्रम्प कार्यकर्ताहरुको गतिविधिलाई अराजनीतिक भनी टिप्पणी गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top