संसद् विघटनविरुद्ध कांग्रेस : आज ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै

काठमाडौं: संसद् विघटनविरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दोस्रो चरणको आन्दोलनअन्तर्गत आज (शनिबार) ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै छ ।

केन्द्रीय समिति बैठकबाटै संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको कांग्रेसले आज प्रदेशसभा निर्वाचन क्षेत्रअन्तर्गत ३३० वटै क्षेत्रमा एकसाथ विरोध प्रदर्शन गर्न लागेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा विरोध प्रदर्शनमा सहभागी हुन काठमाडौं क्षेत्र नम्बर ५ ‘ख’ बूढानीलकण्ठ जानेछन् । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गतको प्रदेश ‘ख’ को गोलढुंगामा आयोजना हुने विरोध सभामा जाँदै छन् ।

Advertisement

यस्तै पूर्वमहामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंह आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ का ‘क’ र ‘ख’ दुवै निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुनेछन् । क्षेत्र नम्बर ४ का दुवै निर्वाचन क्षेत्रमा नेता गगन थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै क्षेत्र नम्बर ५ का दुवै क्षेत्रमा सो क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रदर्शनको नेतृत्व गर्नेछन् ।

Advertisement

यसैगरी काठमाडौं ६ को प्रदेश ‘क’ मा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र सो क्षेत्रका सांसद भीमसेनदास प्रधानले भृकुटीमण्डपमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् । सो क्षेत्रको प्रदेश ‘ख’ को सभामा नेतृ डा. डिला संग्रौलाले सम्बोधन गर्नेछिन् ।

क्षेत्र नम्बर ८ का दुवै प्रदेश निर्वाचन क्षेत्रमा नेता नवीन्द्रराज जोशी सहभागी हुनेछन् । यस्तै क्षेत्र नम्बर ९ को दुवै प्रदेशसभाका क्षेत्रमा नेता ध्यानगोविन्द रञ्जितले नेतृत्व गर्नेछन् । यसैगरी क्षेत्र नम्बर १० का दुवै प्रदेश निर्वाचन क्षेत्रमा सो क्षेत्रका सांसद राजेन्द्र केसीले विरोध प्रदर्शनको नेतृत्व लिनेछन् ।

कांग्रेसले गत १९ पुसमा बसेको केन्द्रीय समिति बैठकमार्फत प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तह हुँदै स्थानीय तहका सबैभन्दा तल्लो निकाय वडा तहमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top