×

NEPAL TIMES UPDATES

Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026

हेटौँडा र काठमाडौँ जोड्ने सबैभन्दा छोटो मातातीर्थ–कुलेखानी सडक निर्माण तीव्र

२५ पुष २०७७

हेटौँडा : हेटौँडा र काठमाडौँ जोड्ने सबैभन्दा छोटो कुलेखानी–मातातीर्थ सडक खण्डको स्तरोन्नति भइरहेको छ । हेटौँडा र काठमाडौँ जोड्ने सडकको कुलेखानी–देउराली–मातातीर्थ–सतुङ्गल सडक खण्डको मकवानपुर र काठमाडौँ दुवैतर्फ सडक चौडा गर्ने र आवश्यक संरचना निर्माण भइरहेको हो । हेटौँडालाई छोटो दूरीले काठमाडौँ जोड्ने यो सडक ६१ किलोमिटर लामो छ । यसमध्ये मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ मा पर्ने महालक्ष्मी दोभानदेखि काठमाडौँ जिल्लाको सतुङ्गलसम्म १५ किलोमिटर दूरीको सडक खण्डको स्तरोन्नति लगायतको काम बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयबाट भइरहेको छ ।

यातायात पूर्वाधार निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले यो आयोजनाको दुवै जिल्लातर्फ सडक चौडा गर्ने, टेवा पर्खाल निर्माण र ढल व्यवस्थापन लगायतका काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वाधार विकास कार्यालय, ललितपुरले काठमाडौँको चन्द्रागिरि नगरपालिका–८, सतुङ्गलदेखि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५, मकैबारीसम्म र पूर्वाधार विकास कार्यालय, चितवनले इन्द्रसरोवर गाउँपालिका–५ मा पर्ने महालक्ष्मी दोभान–चखेल–मकैबारी खण्डको निर्माणको काम हेर्ने छ ।

Advertisement
Advertisement

महालक्ष्मी–दोभान–चखेल–मकैबारी खण्डको सडक निर्माण २०७९ जेठ १६ गतेभित्र सम्पन्न गर्ने गरी गत असार १७ गते सम्झौता भएको थियो । सोही सम्झौताअनुसार यही पुस ३ गते शिलान्यास भएपछि कामले गति लिएको हो ।

सात करोड तीन लाख ६६ हजार रुपियाँ लागत रहेको महालक्ष्मी दोभान–चखेल–मकैबारी खण्डमा सडक चौडा गरी ग्राभेल गर्ने, टेवा पर्खाल, कल्भर्ट र पक्की ढल निर्माणको काम हुनेछ । यो सडक खण्डको काम कविन्द्र एटीसी जेभीले गरिरहेको छ । निर्देशनालयका प्रवक्ताओझाका अनुसार सात किलोमिटर लम्बाइको यस सडक खण्डमा योपटक कालोपत्रे गर्ने योजना छैन ।
पूर्वाधार विकास कार्यालय, ललितपुरअन्तर्गत आठ किलोमिटर सडक खण्डमा साढे छ मिटर सडक चौडाइ गर्ने कार्य भइरहेकोमा साढे पाँच मिटर चौडाइको सडक कालोपत्रे गर्ने योजना छ । सो सडक खण्डको कामले भने गति लिनसकेको छैन । कुल २४ करोड ९४ लाख ८५ हजार रुपियाँको लागतमा गत मङ्सिर ७ गतेभित्रै कालोपत्रे लगायतका काम पूरा गर्नेगरी २०७६ जेठ १७ गते ठेकेदारसँग निर्माण सम्झौता भएको थियो ।
निर्माण कम्पनी अमर कन्स्ट्रक्सनले कोभिड–१९ का कारण काम समयमा सम्पन्न गर्न नसकेको भन्दै एक वर्ष समय थप गर्न माग गरेको छ । निर्देशनालयका प्रवक्ता ओझाले म्याद थपको प्रक्रियामा रहेको बताउँदै निर्माण कार्य भइरहेको जानकारी दिनुभयो ।

हेटौँडाबाट काठमाडौँ प्रवेश गर्ने सबैभन्दा छोटो दूरीको मार्ग भन्दै दुई दशकअघि ट्र्याक खोलेर निर्माण सुरु भएको हो । तर पर्याप्त बजेट नहुँदा यो सडक निर्माण सुस्त गतिमा भइरहेको थियो ।

हेटौँडाबाट भीमफेदी–कुलेखानी–महालक्ष्मी पुल (मितेरी पुल) हुँदै चखेल, देउरालीबाट काठमाडौँको मातातीर्थ, सतुङ्गल पुग्ने यो सडक हाल सञ्चालनमा रहेका र निर्माणाधीन हेटौँडा–काठमाडौँ जोड्ने सडकमध्ये सबैभन्दा छोटो छ ।

Advertisement

हेटौँडाबाट भीमफेदी, मार्खु, चित्लाङ, थानकोटको लम्बाइ ६७ किलोमिटर छ भने हेटौँडाबाट फाखेल खण्ड हुँदै ८० किलोमिटर र सिस्नेरी खण्ड हुँदै ८२ किलोमिटर छ । हेटौँडाबाट काठमाडौँको दूरी त्रिभुवन राजपथबाट १३२ किलोमिटर र पृथ्वी राजमार्गबाट २२४ किलोमिटर छ ।, याे समाचार गाेरखापत्र दैनिकमा राममणि दाहालले लेखेका छन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top