×

NEPAL TIMES UPDATES

Playing
देशभर मौसम बिग्रिँदै,११९ किमि प्रतिघण्टासम्म हुरी चल्ने चे ताव नी|| Nepal Times
Mar 20, 2026
Playing
१६ अमेरिकी सैन्य विमान ध्व*स्त, होर्मुजबाट फर्किए अमेरिकी यु*द्धपोत|| Nepal Times
Mar 20, 2026
Playing
शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था|| Nepal Times
Mar 20, 2026
Playing
चैत १३ गते Balen प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री|| Nepal Times
Mar 20, 2026
Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026
Playing
सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो, सर्वदलीय बैठकमा के भयो ? || Nepal Times
Mar 19, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-05-2082 || Nepal Times
Mar 19, 2026
Playing
जेनजी प्रतिवेदन थन्कियो, प्रश्न उठ्यो :सुशीला सरकार किन डरायो ? || Nepal Times
Mar 19, 2026
Playing
रविको मुद्दाको सुनुवाइ सकियो, आदेश अड्कियो, संशोधनको निर्देशन पेस गर्नुपर्ने || Nepal Times
Mar 19, 2026

डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट स्थायी रुपमा प्रतिबन्ध

२५ पुष २०७७

२५ पुस, एजेन्सी।

ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट स्थायी रुपमा प्रतिबन्ध गरिदिएको छ । हिंसा भड्किने जोखिमका कारण ट्रम्पको अकाउन्ट स्थायी रुपमै प्रतिबन्ध गरिएको ट्विटरले जानकारी दिएको छ ।

Advertisement

ट्विटरले भनेको छ, ‘हालै उनले गरेका ट्वीटको सुक्ष्म समीक्षालाई मध्यनजर गर्दै हिंसा भड्किने जोखिमका कारण राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रुपमा निलम्बित गरिएको छ ।’

यसिअघि पनि ट्विटरले जनवरी ६ मा ट्रम्पको अकाउन्टमाथि १२ घण्टाका लागि प्रतिबन्ध लगाएको थियो । बुधबार क्यापिटल हिल्स भवनमा हिंसा मच्चाउनलाई ‘देशभक्त’ को संज्ञा दिने खालका ट्वीट गरेपछि उनको अकाउन्ट निलम्बित गरिएको हो ।

१२ घण्टापछि बिहीबार राष्ट्रपति ट्रम्पले एउटा भिडियो सन्देश सेयर गर्दै क्यापिटल हिल्समा आक्रमण गर्नेहरुको निन्दा गरेका थिए । साथै उनले जनवरी २० मा व्यवस्थित र विधिवत रुपमा सत्ता हस्तान्तरण गर्ने बताएका थिए । तर उनले त्यसपछि फेरि आफूलाई भोट दिनेहरु ‘देशभक्त’ भएको भन्दै अर्को ट्वीट गरेका थिए । उनले लेखेका थिए, ‘७ करोड ५० लाख महान अमेरिकी देशभक्तले मलाई ‘अमेरिका फस्ट, मेक अमेरिका ग्रेट अगेन’ बनाउनका लागि दोस्रो पटक भोट दिए । भविष्यमा उनीहरुको आवाज सुनिनेछ । उनीहरुको अपमान हुनेछैन वा कुनै भेदभाव गरिनेछैन ।’

त्यसपछि फेरि अर्को ट्वीट गर्दै ट्रम्पले जनवरी २० मा अमेरिकाका आगामी राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहमा आफू नजाने बताए । बिहीबारको भिडियो सन्देशपछि ट्रम्पले चुनावी नतिजालाई स्वीकार गरेकोजस्तो देखिएको थियो तर फेरि उनले घुमाउरो पारामा पुरानै तौरतरिकामा आफूलाई भोट दिनेको बचाउ गरेका थिए ।

शपथ ग्रहण कार्यक्रममा जान्न भन्दै ट्रम्पले चुनावी नतिजाको वैधतामाथि प्रश्न उठाएको र यसले शपथ ग्रहण समारोहलाई असर पुऱ्याउनले देखिएकाले उनको अकाउन्ट निलम्बित गरिएको पनि ट्विटरले स्पष्टीकरण दिएको छ । साथै ट्रम्पले अर्को अकाउन्ट बनाएर आफ्ना सन्देश दिन सक्ने भएकाले आफूहरु चनाखो भएको पनि ट्विटरले बताएको छ ।

बुधबार राष्ट्रपति ट्रम्पका समर्थकद्वारा अमेरिकी संसद् भवनमा आक्रमण भएपछि सोसल मिडिया प्लेटफर्मले ट्रम्पको अकाउन्टमाथि प्रतिबन्ध लगाएका थिए । त्यतिबेला ट्विटरले १२ घण्टठाका लागि प्रतिबन्ध लगाए पनि फेसबुक, स्न्यापच्याट र इन्स्टाग्रामले भने केही हप्ताका लागि नै प्रतिबन्ध लगाएको बताएका थिए ।

बुधबार राष्ट्रपति ट्रम्पको उक्साहटमा भड्किएको हिंसा एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो ।

भर्खरको समाचार

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सम्बन्धित खबरहरु

Scroll to Top