२५ पुस, काठमाडौँ ।
पूर्वप्रधानन्त्री तथा जनता समाजवादी पार्टीको जनपरिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले ओलीको आत्मालोचनाले पार्टी एकता हुननसक्ने टिप्पणी गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमा ट्वीटरमा लेख्दै उनले गल्ती स्वीकार गरेर, रुन्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन नसकिने बताएका हुन् ।
भट्टराईले लखेका छन् ,’ओलीले गल्ती स्वीकार गरेमा,आत्मालोचना गरेमा,कान समातेमा, पार्टी एकता हुनसक्छ, संगै भातभान्सा हुनसक्छ जस्ता रून्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन सकिन्न है ! हिट्लरको उदय र जर्मनीको सर्वनाशमा यस्तै ढुलमुले पिलन्धरे प्रवृत्तिको ठुलो भूमिका थियो भन्ने नबिर्सौं१ इतिहास नदोहोरिओस् !’