ऊर्जामा आम जनताको पहुँच पु¥याउनु पर्नेमा जोड

२४ पुस ७७, शनिबार

२५ पुस, काठमाडौँ ।

गरीब जनताको जीवनस्तरमा सुधार ल्याउन र शिक्षा, स्वास्थ्यजस्ता संविधानप्रदत्त मौलिक हकको सुनिश्चितका लागि ऊर्जामा आम जनताको पहुँच पु¥याउनु पर्नेमा जोड दिइएको छ । सरकारले ल्याउन लागेका विद्युत् र ऊर्जासँग सम्बन्धित विधेयकमा विपन्न जनताको पहुँच अभिवृद्धिका लागि पहल गरिनुपर्ने यहाँ आयोजित कार्यक्रममा ऊर्जासम्बन्धी विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले जोड दिएका हुन् ।

मुलुकको ऊर्जा नीति र कानून विषयमा नेपाल ऊर्जा फाउण्डेशनको आयोजना गरेको कार्यक्रममा सो संस्थाका अध्यक्ष मोहनदास मानन्धरले समाजमा विद्यमान असमानताको अन्त्य गर्न गरीब तथा उपेक्षित वर्ग समुदायमा ऊर्जाको पहुँच विस्तार गरी उनीहरुको शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा सुधार ल्याउनुपर्ने बताए । उनले विपन्न वर्गले खपत गर्न सक्ने र भरपर्दो ऊर्जाको सुनिश्चित नभएसम्म गरिबी निवारणका कुनै पनि कार्यक्रम सफल हुन सक्दैनन् भने ।

Advertisement

ऊर्जा तथा वातावरणविज्ञ दिलराज खनालले सरकारले संसद्मा दर्ता गराएको विद्युत् विधेयक र मस्यौदाको क्रममा रहेको नवीकरणीय ऊर्जासम्बन्धी विधेयकले गरीब जनताको पक्षमा ठोस कार्यक्रम र योजना ल्याउन नसकेको बताए । उनले विद्युत् विधेयकमा नेपालमा वर्षौंदेखि सफलरुपमा कार्यान्वयनमा आएको ग्रामीण विद्युतीकरण र लघुजलविद्युत्का बारेमा कुनै उल्लेखसम्म नभएको, वातावरणसँग प्रत्यक्ष सरोकार राख्ने विद्युत्को उत्पादन, प्रशारण र वितरणका विषयमा सार्वजनिक सुनुवाइको प्रावधान नरहेको, विद्युत्मा गरीब जनताको शेयर लगानीको सुनिश्चित नगरिएको तथा ऊर्जाबाट प्राप्त लाभमा विपन्न वर्गको पहुँच पु¥याउन ध्यान नदिइएको उल्लेख गरे ।

फाउण्डेशनका कार्यकारी निर्देशक डिल्ली घिमिरेले सरकारले संसद्मा दर्ता गरेको विद्युत्सम्बन्धी विधेयक, मन्त्रालयमै मस्यौदाको क्रममा रहेका नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतासम्बन्धी विधेयकमा गरीब जनताको ऊर्जाको अधिकारका बारेमा कुनै ठोस व्यवस्था नभएकाले ऊर्जासँग सम्बन्धित सङ्घसंस्था र नागरिक समाजका तर्फबाट सरकारलाई उपयुक्त सुझाव दिनुपर्ने आवश्यकतामा जोड दिए। सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले सरकारले गरीब जनतालाई लक्षित गरी गरेको भनिएका कतिपय निर्णयबाट वास्तविक गरीबले लाभ लिन नसकेको र ग्रामीण विद्युतीकरणमा क्रियाशील संस्थासमेत बन्द हुनुपर्ने अवस्था आएको बताए । ऊर्जा तथा वातावरणका लागि महिला सञ्जालकी अध्यक्ष कला तिमिल्सिनाले ऊर्जामा गरीब तथा महिला वर्गको पहुँच नपुगेसम्म सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य हासिल हुन सक्दैन भनिन् ।रासस

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top