मन्त्री पाउनकै लागि मैले प्रचण्डलाई धोका दिएको होइनः मणि थापा

२५ पुस ७७, शनिबार

२५ पुस, काठमाडौं ।
खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाले पार्टी भित्रबाट प्रधानमन्त्रीमाथि कू गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन् ।

Advertisement

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रबाट प्रधानमन्त्रीलाई हटाएर कू गर्न खोजिएपछि प्रधानमन्त्री ओलीले ताजा जनादेश लिनका लागि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका हुन् ।

देशलाई कूको बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओलीले चुनावको बाटो रोज्नु भएकोले अब चुनावको विकल्प नभएको बताए । मन्त्री थापाले आफू मन्त्री पद पाउनकै लागि प्रचण्डलाई धोका नदिएको समेत बताए ।

Advertisement

उनले प्रधानमन्त्री ओलीलाई प्रचण्डले धोका दिएको समेत बताए । आफूलाई मन्त्री बन्ने कुरा ठूलो नभएको तर देशलाई अस्थिरताबाट जोगाउन मन्त्री बनेको बताए ।

प्रतिनिधि सभा विघटन सम्बन्धी कदम कानूनी भन्दापनि राजनीतिक निर्णय भएको बताए । राजनीतिक निर्णय गर्ने अधिकार लोकतन्त्रमा प्रधानमन्त्रीलाई हुने दावी समेत गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top