संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न सक्दैनः प्रकाशमान सिंह

२५ पुस ७७, शनिबार

२५ पुस, काठमाडौं ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन् ।

Advertisement

नेपाली कांग्रेसले शनिबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दा कांग्रेस चुप लागेर नबस्ने बताए ।

असंवैधानिक कदम विरुद्धको विरोधकालागि कांग्रेसले विभिन्न चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेअनुसार शनिबार देशका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध ¥याली र सभा भइरहेको बताए ।

Advertisement

झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकार असंवैधानिक बाटोतिर लागेको र प्रधानमन्त्रीले जबरजस्त रुपमा अधिकार दुरुपयोग गरेर प्रतिनिधि सभा भंग गरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधानमाथि प्रहार भएको बताए । संविधान निर्माण गर्दा नै राजनीतिक स्थिरता दिन प्रधानमन्त्रीलाई प्रतिनिधि सभा भंग गर्ने अधिकार हटाइएको उल्लेख गर्दै नेता सिंहले संसदले सरकार दिन नसकेको खण्डमा मात्रै प्रतिनिधिसभा विघटन भई चुनावमा जानुपर्ने स्पष्ट व्यवस्था संविधानमा रहेको बताए ।

Advertisement

असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले घोषणा गरेको चुनाव कुनैपनि तरीकाले हुन नसक्ने बताए । दुई तिहाईको सरकार भन्ने तर संसदमा विश्वासको मत लिन नसक्ने सरकारले कसरी चुनावबाट जनताको मत लिन सक्छ भन्दै प्रश्न समेत गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top