इण्डाेनेसियामा ५० जना भन्दा धेरै यात्रु बोकेको जहाज बेपत्ता

२५ पुस, जाकार्ता ।

इन्डोनेशियाको राजधानी जकार्ताबाट ५० जना भन्दा धेरै यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेलगत्तै बेपत्ता भएको छ। श्रीविजया एयरको बोइङ ७३७ जहाज पोन्टियानाकाका लागि उडेको केही समयपछि नै सम्पर्कविहीन भएको अधिकारीहरूले बताएको भन्दै बिबिसीले जनाएकाे छ।

उडान सेवाबारे जानकारी दिने फ्लाइट राडार २४ डटकमका अनुसार जहाज उडेको एक मिनेटमा नै ३ हजार मिटरभन्दा बढी उचाइमा पुगेर सम्पर्कविहीन भएको उल्लेख गरेको छ।

Advertisement

इन्डोनेसियाका अधिकारीहरूले जहाजको खोजी कार्य जारी रहेको जानकारी दिएका छन्। स्थानीय समयअनुसार पछिल्लो पटक जहाजसँग १४:४० मा सम्पर्क भएको थियो। श्रीविजयाको यो जहाज २७ वर्ष पुरानो हो। जहाजका सम्बन्धमा थप विवरण प्राप्त हुन बाँकी रहेको इन्डोनेसियाका अधिकारीहरूले जानकारी दिएका छन्।

पछिल्ला वर्षमा बोइङका ७३७ म्याक्स मोडलका दुईवटा विमान ठूला दुर्घटनामा परेका थिए। तीमध्ये पहिलो दुर्घटना सन् २०१८ को अक्टोवरमा इन्डोनेशियाको लायन एयरको उडानमा भएको थियो जसमा १८९ जनाले ज्यान गुमाएका थिए।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top