नेकपाको आधिकारिताको विवाद : प्रक्रियागत ट्र्याकमा आयोग प्रवेश गरेन

काठमाडौं: निर्वाचन आयोगले नेकपाका दुवै पक्षले आधिकारिता दाबी गर्दै पठाएको पत्रको आधारमा मात्र आयोगमा रहेको दल दर्ता किताबको विवरण अद्यावधिक गर्न नसकिने जनाएको छ ।

Advertisement

केपी ओली पक्ष र प्रचण्ड–माधव पक्षले आफूहरु नै आधिकारिक रहेको जिकिर गर्दै पार्टीको नाम, झण्डा र चुनाव चिह्न (सूर्य) आफूले दाबी गर्नुनपर्ने जिकिर गर्दै पठाएको पत्रको आधारमा आयोगले आन्तरिक विवरण अद्यावधिक गर्न नसकिने जनाएको हो ।

आयोगले दुवै पक्षको आग्रहअनुसार आयोगमा रहेको दलको दल दर्ता किताबमा सबै विवरणहरु अद्यावधिक गर्र्न नसकिने लिखित जवाफ दुवै पक्षलाई पठाएको आयोगले जनाएको छ ।

Advertisement

यसअघि प्रचण्ड–माधव पक्षले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको तेस्रो पूर्ण बैठकको निर्णयअनुसार अनुशासन उल्लंंघन गरेकोमा कारबाही गरी अध्यक्ष पदबाट हटाई सो पदमा पार्टीको वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष पदमा चयन गरेको हुँदा पदाधिकारी हेरफेर बेहोरा राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २५ अन्तर्गत पदाधिकारी हेरफेर भएको बेहोरा जनाई दल दर्ता किताबमा अभिलेख राखी अध्यावधिक गरिदिन भन्दै आयोगलाई आग्रह गरेको थियो । त्यसै गरी केपी ओली पक्षले विधान संशोधन गरी केन्द्रीय सदस्य थप गरिएको पत्र आयोगमा पठाएको थियो ।, याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top