×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हुँदैन खुद्रा पैसा फिर्ता

२६ पुष २०७७

काठमाडौँ : कीर्तिपुर बस्ने रमिला घिमिरेले दैनिक एक लिटर डीडीसी दूधका लागि ८० रुपियाँ छुट्याउनुहुन्छ । हुन त दूधको मूल्य ७६ रुपियाँ हो तर पैसा फिर्ता आउँदैन, चकलेट, पाचक दिने भएकाले उहाँले त्यसको हिसाब नै गर्नुहुन्न ।

घिमिरेको दैनिक एक लिटर मात्रै दूध किन्दा मासिक १२० रुपियाँ त्यत्तिकै खर्च हुने गरेको छ । उहाँले भन्नुभयो, “दूधको मात्रै होइन, अरू सामान किन जाँदा पाँच रुपियाँसम्म फिर्ता दिनुप¥यो भने चकलेट नै दिन्छन् । घरमा खाने मान्छे छैनन् । त्यत्तिकै खेर जान्छ, पैसा भए त काम लाग्थ्यो नि !”

Advertisement
Advertisement

कीर्तिपुरमा घर बनाउँदै गर्नुभएका हरिहर पराजुलीको अनुभवमा खाद्यान्न किरानामा फिर्ता पाँच रुपियाँसम्मको चकलेट दिनु नौलो छैन । उनीहरूले चकलेट पनि बिक्री गर्नुपर्छ अचेल । बिजुली पसलले पनि पाँच, १० रुपियाँसम्म फिर्ता दिनुप¥यो भने चकलेट दिन्छन् ।

उहाँको थप भनाइ छ, “हिजोआज एक÷दुई रुपियाँका सिक्का त पाइनै छोड्यो । १० रुपियाँसम्मको कुनै मूल्य नै छैन, त्यसैले अचेल त पाँच, १० रुपियाँ नोट जम्मा गर्न थालेको छु ।

कलङ्की बस्ने विष्णुमाया देवकोटा तीन÷चार वर्षअघि सम्म सामान किनेर फिर्ता आएका एक÷दुई रुपियाँका सिक्का भुड्कोमा जम्मा गर्दा वर्षमा पाँच हजार रुपियाँसम्म हुन्थ्यो भन्दै अहिले त त्यस्तो पैसा देख्नै नपाएको बताउनुहुन्छ । त्यसले गर्दा पूजाआजामा चढाउन सिक्का नै पाइन छाडेको छ ।

भाटभटेनीमा चकलेट

Advertisement

साना पसलले मात्र होइन चेनमा सुपरमार्केट चलाउनेले पनि पाँच रुपियाँसम्म फिर्ता गर्नुपर्दा चकलेटको व्यापार गर्ने गरेका छन् । भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरस्टोरबाट सामान खरिद गरी फर्कनुभएका श्याम दुवालले घरमा चकलेट खाने कोही नभए पनि लिन बाध्य भएको बताउनुभयो । उहाँले भाटभटेनी परिसरमा नै फेला परेका बच्चालाई चकलेट दिनुभयो । “त्यसरी दिइने चकलेटको गुणस्तर राम्रो नहुने हुँदा बालबच्चाले त्यति रुचाउँदैनन् पनि,” उहाँले बताउनुभयो ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top