इन्डोनेशियामा ६२ जना यात्रु चढेको जहाज दुर्घटना, भग्नावशेष खाेजी सुरु

२६ पुस, एजेन्सी ।
इन्डोनेसियाकाे राजधानी जकार्ताबाट ६२ जना यात्रु बोकेर उडेको एउटा यात्रुवाहक विमान उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको छ । । जकार्ताबाट शनिबार अपराह्न उडेको श्रीविजय एयरको बोइङ–७३७ विमान सम्पर्कविहीन भएकाे केही समयपछि नै दुर्घटनाग्रस्त भएको बताइएकाे छ ।

उक्त विमान देशको पश्चिमी कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा दुर्घटनाग्रस्त भएको उडानहरूको विवरण राख्ने वेबसाइट फ्लाइटरडारडटकमले जनाएकाे छ । जहाजमा चालक दलका १२ जना र ५० जना यात्रु रहेका बीबीसीले जनाएको छ ।

समाचार एजेन्सीहरूका अनुसार साे विमान उडिरहेकै बेला एक मिनेटभन्दा कम समयमै ३ हजार मिटर तल झरेको थियाे । यद्यपि यसबारे अनुसन्धान थालिएकाे बताइएकाे छ । स्थानीयहरूले केही व्यक्तिहरू पानीमा तैरिइरहेको देखिएको र उनीहरू जीवित हुने आशा क्षीण रहेको बताएका छन् ।

Advertisement

भारी वर्षा भइरहेका बेला उक्त उडान भएकाे र विमान समुद्रमा खसेकाे हुनसक्ने अनुमान गरिएकाे छ । विमानमा सवार यात्रुहरूकाे जीवितै उद्धार हुने सम्भावना न्यून रहेको बताइएकाे छ।

सम्पर्कविहीन भएको जहाज बोइङ कम्पनीको २६ वर्ष पुरानो रहेको छ । इन्डाेनेशियामा यसअघि पनि दुई ठूला यात्रुवाहक विमान दुर्घटना भएका थिए । पछिल्लाे पटक सन् २०१८ काे अक्टाेबरमा इन्डाेनेशियन लायन एयरकाे विमान समुद्रमा दुर्घटना हुँदा १ सय ८९ जनाकाे ज्यान गएकाे थियाे ।

Advertisement

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top