कोरोनाको नयाँ भाइरसले पर्यटन व्यवसायी त्रसित

पाेखरा: नेपालले विदेशी पर्यटक भित्र्याउने मुख्य स्रोतमध्ये बेलायतले बलियो हिस्सा ओगट्छ। सन् २०१९ मा नेपालमा ६१ हजारभन्दा बढी बेलायती पाहुना भित्रिएका थिए। कोरोना कहरबीच पनि नेपालमा सन् २०२० मा भित्रिएका दुई लाख ३० हजार विदेशीमध्ये बेलायती पाहुनाको संख्यामात्र ११ हजार सात सय ६२ (५.१ प्रतिशत) थियो।

नेपालमा यति धेरै पाहुना भित्रिने मुलुक स्रोत बेलायत कोरोना भाइरसको नयाँ प्रकारले यतिबेला आक्रान्त छ। कोरोनाको नयाँ प्रकारको भाइरस अहिले बेलायतसहितका विभिन्न मुलुकमा तीव्ररूपमा फैलिँदा त्यसको चिन्ता पर्यटनमा छाएको छ। कोरोना संक्रमणका कारण झन्डै एक वर्षदेखि विदेशी पाहुनाविहीन भएको पर्यटन क्षेत्र यो बेलासम्म सुधारको अपेक्षामा थियो। तर, व्यवसायीको त्यो अपेक्षा बेलायतमा देखिएको नयाँ स्वरूपको भाइरस र त्यसको तीव्र संक्रमणसँगै निराशामा बदलिएको छ।

नयाँ भाइरसको तीव्र संक्रमणसँगै पर्यटन क्षेत्रका जानकारले भन्न थालेका छन्, ‘पर्यटन क्षेत्र अझै केही वर्ष पछाडि धकेलिने निश्चित भयो।’ नेपाल पर्यटन बोर्डका प्रवक्ता मणि लामिछानेका अनुसार नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये बेलायतको हिस्सा ‘टप फाइभ’ भित्र पर्छ। तर, कोरोनाको नयाँ भाइरसले बेलायतसहितका मुलुक आक्रान्त हुँदा पर्यटनमा त्यसको नकारात्मक असर पर्ने पक्का भएको उनले बताए। ‘बेलायतसहितका मुलुक कोरोनाको नयाँ भाइरसले आक्रान्त छन्। अघिल्लो वर्ष देखिएको कोरोना यो बेलासम्म केही कमजोर हुने र पर्यटकको हिँडडुल सुरु हुने अनुमान थियो,’ लामिछानेले भने, ‘तर, त्यो अनुमान अपूरो हुने निश्चित छ।’, याे खबर नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top