रवीन्द्र मिश्रलाई ‘सीमामा बस्न’ विष्णु रिमालले दिए चेतावनी

२६ पुस ७७, आइतबार

२६ पुस, विराटनगर ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई ‘सीमामा बस्न’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले चेतावनी दिएका छन्।

Advertisement

प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिदृष्यबारे सामाजिक सञ्जालमा टिप्पणी गरेका मिश्रलाई रिमालले ‘सीमामा बस्न’ भनेर चेतावनी दिएका हुन्।

मिश्रले कस्तो समय आयो भन्दै ट्विटरमा लेखेका थिए, ‘पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने। प्रधानमन्त्री र राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने। काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौँ जम्मा हुने। महाभ्रष्ट नेताले भ्रष्टाचार विरुद्ध र्‍याली आह्वान गर्दा हजारौँ सरिक हुने।अब अति भो।’

Advertisement

उनको यो ट्विटमा प्रतिक्रिया जनाउँदै प्रधानमन्त्रीका सल्लाहकार रिमालले धम्कीपूर्ण भाषामा चेतावनी दिएका हुन्। उनले भनेका छन्, ‘सीमामा बस्नुस् रवीन्द्र जी, तपाईँको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन। यति चाहिँ भनूँ, मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ।’

रिमालले यस्तो चेतावनी दिएपछि मिश्रले पनि जवाफ फर्काएका छन्। उनले लेखका छन्, ‘प्रिय विष्णु रिमाल जी, देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरुपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोर्‍याउँदा ‘सीमामा बस्नुस्’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो।

Advertisement

विमती जनाउनुभएको भए भइहाल्थ्यो। सानो सुझाव मात्र।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top