लागुऔषध सहित ६ जना पक्राउ

२५ पुस ७७, आइतबार

२६ पौष, विराटनगर ।

१ नम्बर प्रदेशका झापा र मोरङ जिल्लाको तिन छुट्टाछुट्टै स्थानबाट शनिवार दिउँसो नियन्त्रीत लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो दमक नगरपालिका-७ का ३६ बर्षीय किसन अग्रवाललाई ३ ग्राम १६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित बिराटनगर-१४ जतुवाबाट पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मे १ च २८६२ नम्बरको कारमा सवार रहेका अग्रवाललाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट उक्त परिणामको लागुऔषध बरामद गरेको थियो ।

यसैगरी बिराटनगर महानगरपालिका-१६ दरैया वस्तीबाट लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका-१५ का २१ बर्षीय बिशाल बि.क., धरान-२ का २६ बर्षीय बिकाश कट्वाल, रामधुनी नगरपालिका-५ का ४२ बर्षीय रमेश लिम्बु र बराह नगरपालिका-५ का २० बर्षीय निकेश श्रेष्ठलाई लुपिजेसिक-१६ एम्पुल , फेनारगन-१६ एम्पुल र एभिल-१६ एम्पुल सहित शनिवार दिउँसो पक्राउ गरेको हो ।

यस्तै झापाको मेचीनगर नगरपालिका-१० धुलावारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २३ बर्षीय अनिल सहनीलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित शनिवार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top